Powered by Blogger.
दामन पोष्ट विशेष संबाददाता कालिराज सम्मानित


मकवानपुर, २४ मंसिर । मकवानपुरको नामटार वडा नम्बर ८ मा रहेको चार कृषक समूहहरुले दामनपोष्ट राष्ट्रिय साप्ताहिक तथा अनलाइन समाचार साइट दामन पोष्ट डटकमका विशेष सम्वाददाता रुपक कालिराजलाई सम्मान गरेको छ । 

जिल्ला कृषि विकास कार्यालयका प्रमुख निर्मल गदालको प्रमुख आतिथ्यता तथा वडा नागरिक मञ्चका संयोजक मानबहादुर छुमीको सभाध्यक्षतामा भएको कार्यक्रममा संवाददाता कालिराज सहित टिम टेलिभिजन तथा  विभिन्न संघसंस्थाहरुलाई सम्मान गरिएको हो । 

समाचारका माध्यमबाट कृषि क्षेत्रलाई सहयोग गरेको भन्दै सम्मान पत्रद्धारा सम्मानित गरिएको हो । जिल्ला कृषि बिकास कार्यालयका प्रमुख निर्मल गदालले सम्मान प्रत्र  प्रदान गुर्नभएको हो । त्यस्तै पत्रकार  जिवराज बख्रेल पनि सम्मानित भएका छन् । उनी मकवानपुर खबरका सञ्चालक तथा रेडियो थाहा सञ्चारका प्रतिनिधी हुन् । 

चार कृषक समुहले मनाए संयुक्त वार्षिकोत्सव


मकवानपुरको नामटार वडा नम्बर ८ मा रहेको चार कृषक समूहहरुले शुक्रबार संयुक्त रुपमा बार्षिकोत्सव मनाएका छन् । 

कार्यक्रम जिल्ला कृषि बिकास कार्यालयका प्रमुख निर्मल गदालको प्रमुख आतिथ्यता तथा वडा नागरिक मञ्चका संयोजक मानबहादुर छुमीको सभाध्यक्षतामा भएको थियो । 

सियोन कृषक समूह सुकुभञ्ज्याङ्गको सातौँ, शान्ति सृजना कन्यादेवी कृषक समूह मरेङकोटको छैठौँ, एकता कृषक समूह गैरीगाउँको तेश्रो र हिमाल कृषक समूह सानोपोखरीको आठौँ बार्षिकोत्सव संयुक्त रुपमा मनाएका हुन् । 
प्रमुख अतिथि समेत रहेका गदालले जमिनमा अत्याधिक औषधि प्रयोग गरिरेहको अवस्थामा कृषकले तत्कालै औषधी विना नै प्रारम्भिक खेति प्रविधि तर्फ लाग्नु पर्ने बेला भई सकेको बताउनु भयो । 

रासायनिक मल विकल्पको रुपमा गड्यौला मल, कम्पोष्ट मलको प्रविधि जिल्ला कृषि विकास कार्यालय मकवानपुरले भित्र्याएको बताउदै बिस्तारै विषादी नियन्त्रणमा ध्यान दनुपर्ने र अग्र्यानिक खेति तर्फ लाग्नको लागि सुझाव दिनु भयो ।

कृषक समुहले गरेका कार्यको प्रंसंसा गर्दै गदालले नामटारका सम्पूर्ण कृषकहरुलाई जिल्ला कृषि कार्यालयले गर्ने सहयोगमा कुनै पनि कमी नहुने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा कृषक समूहहरु सियोनका अध्यक्ष मिरा स्याङ्गतान, शान्ति सृजना कन्यादेवीका अध्यक्ष कुमार छुमी, एकताका अध्यक्ष जयबहादुर थिङ्ग र हिमालका सचिव रामलाल थिङ्गले आर्थिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्र नामटारका अध्यक्ष राजेन्द्र सिन्तान, नेकपा एमालेका प्रतिनिधी एवम् कालिका उच्च माबि नामटारका अध्यक्ष बुद्धीबहादुर मुक्तान, गाबिस कृषि बिकास समिति उपाध्यक्ष दुर्जबहादुर बिष्ट, शान्ति समिति नामटारका संयोजक कमल अर्याल, समाजसेवी लालबहादुर वाईबा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा जिल्ला कृषि बिकास कार्यालय मकवानपुरका कृषि प्रसार अधिकृत सञ्जय तिवारी, कृषि सेवा केन्द्र नामटारका प्रमुख अमरकान्त झा, सहयोग सरोकार संस्था धुलिखेलका केदार बजगाई लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा कृषि समूहका महिलाहरुले कृषि, समस्या, सम्भावनाबारे गित समेत प्रस्तुत गरेका थिए ।


0 comments

Write Down Your Responses