Powered by Blogger.
बज्रवाराहीको पुर्व विद्यार्थी समिति गठन


मकवानपुर, २५ मंसिर । बज्रबाराही माबिमा अध्ययन गरेका पुर्व विद्याथीहरुको भेलाले संगठन समिति गठन गरेको छ । 

शनिबार फर्सिखेल स्थित उच्च माविमा भएको पुर्व विद्यार्थीहरुको भेलाले प्रदीप भट्टको संयोजकत्वमा पुर्ब विद्यार्थी संगठन समिति गठन गरिएको हो । 

यसैगरी उक्त समितिको सहसंयोजकमा सोनमराज बलामी, सचिब दीर्घकुमार सुबेदी, कोषाध्यक्ष बालकुमारी बलामी तथा सदस्यहरुमा मुक्तिनाथ उप्रेती, गुणराज रुम्बा, रमेश बिडारी, , चम्पा रुम्बा र नबीना बिड़ारी रहेका छन् । 

विद्यालयको शैक्षिक स्तरोन्नतीका लागी संचालन गरिन लागेको धार्मिक तथा शैक्षिक महोत्सव लाई सफल बनाउन यो समिति अघि बढ्ने बताइएको छ । 

बज्रबाराही उच्च माविलाई राष्ट्रकै नमुना सामुदायिक बिद्यालय निर्माण गर्नुका साथै क्याम्पस संचालनार्थ आगामी पुष १५ गतेदेखि २२ गतेसम्म बृहत धार्मिक महोत्सब आयोजना हुँदैछ । 

0 comments

Write Down Your Responses