Powered by Blogger.
प्रधान सम्पादक कार्की सम्मानित


काठमाडौँ, २४ मंसिर । पत्रकारिता मार्फत पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै पत्रकार रामेश्वर कार्की सम्मानित भएका छन् । अर्थतन्त्र डटकमका प्रधान सम्पादक रहेका कार्की नाट्टा अवार्ड –२०१६ बाट सम्मानित भएका हुन् ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) ले हरेक वर्ष पर्यटन क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रदान गर्ने पुरस्कार यस वर्ष अनलाईनतर्फ (अर्थतन्त्र डटकम) कार्कीलाई प्रदान गरिएको हो । 

नाट्टाको स्वर्ण जयन्ती तथा २१ औं सम्मेलनको अवसरमा शुक्रबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले नगद सहित अवार्ड हस्तान्तरण गरेका हुन् । 

सोही अवार्डबाट नागरिक दैनिकका पोखरा रिपोर्टर सन्तोष पोखरेल, एबिसी टेलिभिजन र अर्थ र व्यापारका नवीन काफ्ले पनि सम्मानित भएका छन् । 

कार्यक्रममा नाट्टालाई सहयोग पुर्याउने विभिन्न व्यक्तित्व एवं पूर्व अध्यक्षहरुलाई पनि सम्मान गरिएको थियो । दामन पोष्ट डटकम पत्रकार कार्की तथा अर्थतन्त्र परिवारप्रति हार्दिक बधाई ज्ञापन गर्दछ । 



0 comments

Write Down Your Responses