Powered by Blogger.
सांसद बिडारी भन्नुहुन्छ ‘टिस्टुङको शैक्षिक धार्मिक महोत्सव उदाहरणीय हुनेछ’


रामनारायण बिडारी

तत्कालिन टिष्टुङ थहचोक गाउँ पञ्चायतमा रहेको प्राथमिक बिद्यालयमा मैले कक्षा ३ देखि ६ सम्म अध्ययन गर्ने मौका पाएँ । 

बाल्यकालमा गाउँको सदरमुकाम पाल्चोक (थहचोक) मा पढ्न जान पाउनु पनि ठूलो अबसर हो । किसान परिवारमा जन्मेका अधिकांश बालबालिका कृषि काममा नै अल्झिनु पर्दथ्यो । पढ्ने अबसर भने सा¥है कमले मात्र पाउँदथे । कक्षा ७ देखि मलाई पिताजीले काठमाण्डौं पढाउन पठाउनु भयो । 

नेवार बस्तीको माझमा रहेको थहचोकको प्राबिमा हर्षलाल गोपाली, शम्भु लामिछाने लगायत शिक्षक थिए । पछि स्थानीय शिक्षकहरु थपिए ।

खेलूकद, मनोरञ्जन आदी खालका कार्यक्रम थिएन ।

केहि समय पछि यो गाउँ पञ्चायतको नाम बिभिन्न स्वार्थको कारण बज्रबाराही रहन गयो ।

टिष्टुङ थहचोकको विशेषता ऐतिहासिक छ । चाहे बस्तीको बनावट होस्, चाहे ऐतिहासिक पुरातात्विक बिशेषता होस्, चाहे सामाजिक बनोट होस् । अध्ययनको बिषय बनेको छ । 

यस्तो ऐतिहासिक गाउँलाई आधुनिक बनाउन थाहा नगरपालिका गठन भएको छ । सरकारले नमुना नगरमा यो थाहा नगरलाई पनि राखेको छ । 

बज्रबारही भौगिलिक बनोटको हिसाबले थाहा नगर भित्रको उम्दा भूगोल हो । तसर्थ यो ठाउँ  पर्यटन, शिक्षाको महत्वपूर्ण ठाउँ बनाउनका निम्ति शुरु भएको शैक्षिक तथा धार्मिक महोत्सब उदाहरणीय हुनेछ । मेरो पनि पूर्ण सहयोग र शुभकामना छ । 

(अधिबक्ता बिडारी सांसद पनि हुनुहुन्छ । )






0 comments

Write Down Your Responses