Powered by Blogger.
बज्रबाराहीको शैक्षिक महोत्सवका लागि काठमाडौंमा सम्पर्क समिति गठन


काठमाडौं,  २ पुस । बज्रबाराही उच्च माविको शैक्षिक स्तरोन्नतीका लागि आयोजना हुन गइरहेको वृहत शैक्षिक तथा धार्मिक महोत्सवका लागि काठमाडौंमा सम्पर्क समिति गठन गरिएको छ ।

शनिबार राजधानीमा भएको  उत्तरी क्षेत्रका मकवानपुरेहरुको वृहत भेलाले उक्त समिति गठन गरेको हो ।बज्रबाराहीमा गठित मुल आयोजक व्यवस्थापन समितका पदाधिकारीहरुको उपस्थितिमा सम्पर्क समिति गठन गरिएको हो ।

पाँच सदस्यीय उक्त समितिमा संयोजक  अर्जुनसिंह ठकुरी, सहसंयोजक हरिहर सुबेदी तथा सदस्यहरुमा  अधिवक्ता चन्द्रबहादुर गोपाली, पुरुषोत्तम बिडारी र जयराम गोपाली रहेका छन् । 

रविभवन स्थित दरबार बैंकटमा भएको भेलामा सांसद रामनारायण बिडारी, पुर्व स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्ट, महालेखा परिक्षको कार्यालयका पुर्व लेखापरिक्षण अधिकारी उमेश ढकाल, नारायणी अञ्चल सम्पर्क कमिटीका अध्यक्ष अशोककुमार ठकुरी, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद एवं प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शन्तराम बिडारी, युवा व्यवसायी मिलन कार्की, इश्वर बिडारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा मूल आयोजक समितिका अध्यक्ष महेश्वर सुवेदी, सह महासचिव इन्द्र श्रेष्ठ लगायतले महोत्सवको आयोजना, औचित्य र आवश्यक सहयोगको अपेक्षाका बारेमा प्रकाश पारेका थिए ।

यही पुस १५ देखि २२ गते सम्म थाहा नगर पालिका स्थित फर्सीखेल चौरमा महोत्सव हुँदैछ । उक्त महोत्सवबाट ५ करोड रुपिंया संकलन गर्ने आयोजकको योजना छ । 

सम्पर्क समितिले काठमाडौंबाट सहयोग जुटाउन पहल गर्ने बताइएको छ । 




0 comments

Write Down Your Responses