Powered by Blogger.
पालुङ जेसिजमा चुनावी रौनक, अमात्य र प्रधान भिड्दै


पालुङ, १ पुस ।  पालुङ जेसीज वर्ष २०१७ को अध्यक्ष पदको लागि विजयश्याम अमात्य र अञ्जल प्रधानले उमेद्वारी घोषण गरेका छन् । 

शनिवार हुन लागेको साधारण सभा तथा निर्वाचन कार्यक्रममा हाल सम्म अध्यक्ष पदको लागि २ जनाको उमेद्वारी मात्र परेको निर्वाचन अधिकृत जर्म श्रेष्ठले जानकारी दिनु भयो । 

यस अघि वर्ष २०१० मा कार्यक्रम संयोजक, वर्ष २०११ मा उपाध्यक्ष, वर्ष २०१२ मा मनोरञ्जन संयोजक, वर्ष २०१३ मा शाखा सम्पादक, वर्ष २०१४मा कार्यकारिणी उपाध्यक्ष, वर्ष २०१५ मा महासचिव र २०१६ मा कानुनी सल्लाहकारको कार्यभार सम्हालीसकेका अमात्यले पालुङ जेसिज नयाँ ढंगबाट लैजाने तयारीको साथ आफ्नो उमेद्वारी रहेको बताउनु भयो । 

२००५ साल देखिको जेसिसको यात्रामा लागेका अमात्यले हाल सम्म जेसिजको सबै कार्याभार समालिसकेको दावि गर्दै अब अध्यक्षको जिम्मेवारी सम्हाल्न मात्र रहेको बताउनु भयो । विभिन्न क्षेत्रमा आवद्ध रहेका अमात्य यस वर्षमा आफ्नो जित पक्का रहेको बताउनुहुन्छ  ।  

कलाकारिता मार्फत जेसीजलाई अग्रणी स्थानमा लैजान योगदान समेत पु¥याउनुको साथै वोल्नु भन्दा काम गरेर देखाउने उहाँको भनाई छ  । शनिबारको चुनावी अभियानमा लागेका अमात्य थाहानगरका स्थाई वासिन्दा हुन् ।

 त्यस्तै अर्का उमेद्वार अन्जल प्रधानले पालुङ जेसिजको छबीलाई नाम अनुसारकै बनाउन आफ्नो उम्मेदवारी भएको घोषणा गरेका छन् । 

निश्चित समय, एक व्यक्ति र एक पद तथा विधिको शासनलाई आदर्श ठान्ने जेसिजलाई आफ्नो कार्यकालमा वर्ष भरि नै विभिन्न युवा तथा विपन्न वर्गहरु लक्षितका कार्यक्रम रहने प्रधानले बताउनु भयो ।

उहाँले हाल सम्ममा पालुङ जेसिजले गर्न नसकेका अपुरा कार्यहरु पुरा गर्ने दावी समेत गर्नु भयो ।  नेतृत्व ,भ्रातृत्व तथा व्यक्तित्व विकासको अवधारणलाई मनन गर्दै पालुङमा रहेका युवाहरुलाई जेसिजमा लाग्नुको फाइदा यसको महत्व, यसले गर्ने कार्यबारे तालिम सञ्चालन गरि युवालाई अग्रसर बनाउने बताउदै आफ्नो कार्यकालमा पालुङ जेसिसलाई स्वर्णिम अक्षरमा लेख्ने दावी समेत उहाले गर्नुभयो । 

प्रधानले वर्ष २०१४ मा व्यापार प्रवद्र्धन संयोजक र वर्ष २०१६ मा कोषाध्यक्ष पद सम्हालिसक्नु भएको छ । उहाँ पनि थाहानगरका स्थाई वासिन्दा हुन् । 

यस्तै दुई जनाको कार्यकारी उपाध्यक्ष पदमा चार जनाको उमेद्वारी परेको छ । कार्यकारी उपाध्यक्ष पदमा विजय मल्ल, सुमन विष्ट, किशोर प्रधान र कृष्णप्रसाद दाहालको उमेद्वारी परेको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिनु भयो ।

चार उपाध्यक्ष पदका लागि मनोज रायमाझी, उद्धव बिडारी, पूर्णध्वज केसी, अनिता विष्ट र जयराम केसीको उमेद्वारी परेको छ । 

पालुङ जेसीजको साधारण सभा तथा निर्वाचनको कार्यक्रम मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले उद्घाटन गर्नुहुने बताइएको छ । 



0 comments

Write Down Your Responses