Powered by Blogger.
बज्रबाराहीको शैक्षिक महोत्सवमा ३६ लाख खर्च गरी ५ करोड संकलन गर्ने यस्तो छ लक्ष्य


काठमाण्डौँ । मकवानपुरको थाहा नगरपालिकास्थित बज्रबाराही उच्च माविको शैक्षिक स्तरोन्नतीका लागि शैक्षिक धार्मिक महोत्सव हुँदैछ ।

मकवानपुर थाहा बज्रबाराही शैक्षिक तथा  धार्मिक महोत्सव २०७३ यहि पुस १५ देखि २२ गतेसम्म  सञ्चालन हुनेछ ।

शनिवार काठमाण्डौँमा वृहत भेला आयोजना गरेर मकवानपुर, थाहा, बज्रबाराही शैक्षिक तथा धार्मिक महोत्सब २०७३ मूल समारोह समितिका अध्यक्ष महेश्वर सुवेदीले बिद्यालयको शैक्षिक सुधार र शैक्षिक पर्यटनका लागि सघाउन आव्हान गर्नुभयो । 

५ करोड रुपैंया संकलन गर्ने लक्ष्य लिईएको महोत्सब सम्पन्न गर्न ३६ लाख रुपैंया लाग्ने अनुमान गरिएको छ । 

महोत्सबको भ्रमण तथा खाजा खर्च ७५ हजार,  गाडी भाडा १ लाख ६० हजार, छपाई खर्च ३ लाख ५२ हजार, फोन–इन्टरनेट खर्च १० हजार, कार्यालय व्यवस्थापन ११ हजार, स्टेशनरी ६ हजार, कम्प्युटर प्रिन्ट १५ हजार,  कलश खर्च ४ लाख ५७ हजार ५ सय, पुजा सामग्री र सम्मान खर्च २ लाख १५ हजार, मञ्च निर्माण खर्च ६ लाख ४० हजार, इन्धन खर्च १० हजार, विज्ञापन खर्च १० हजार, विद्यालयको डिपीआर खर्च १ लाख ५० हजार, बाँस खरिद १ लाख ७० हजार,प्रचार प्रसार १६ हजार, भोजन १ लाख ५० हजार,  दक्षिणा १२ लाखसहित  ३६ लाख रुपैंया खर्च लाग्ने आयोजकको अनुमान छ । 

कार्यक्रममा सांसद राम नारायण बिडारीले बिद्यालयको शैक्षिक स्तरोन्नतीका लागि सहकार्य गर्न तयार रहेको बताउनु भयो । 

बिडारीले  संसद विकास कोषबाट तत्काल १५ लाख उपलब्ध गराउने र अर्को आर्थिक बर्षको बजेटमा थप ब्यवस्था गर्न प्रयत्न गर्ने प्रतिवद्धता ब्यक्त गरे । 

पुराणका नाममा बेहिसावसंग रकम उठाउने र वर्षौसम्म पारदर्शी ढंगले खर्च सार्वजनिक नगर्ने चलन रोक्दै आफूहरुले महोत्सव सकिनासाथ आम्दानी खर्च पादर्शी गरिदिने योजना बनाएको आयोजक समिति अध्यक्ष सुबेदी बताउँछन् । 




0 comments

Write Down Your Responses