Powered by Blogger.
साउन भित्रै कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरिसक्न प्रधानमन्त्रीको निर्देशन

मकवानपुर,२ पौष / प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी साउन १५ भित्रै कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गरिसक्न निर्देशन दिनुभएको छ । आज कुलेखानी तेस्रोको पावर हाउस, टनेल, निर्माण स्थलको अवलोकनपछि प्रधानमन्त्रीले आयोजना निर्माणमा ढिलासुस्ती र अपारदर्शीता कुनै पनि हालतमा सैह्य नहुने बताउनुभएको हो ।

मकवानपुर जिल्लाका राजनीतिक दल, नागरिक समाज, सरकारी कार्यालयका प्रमुखहरु तथा आयोजनासँग सम्वन्धित कर्मचारीको उपस्थितिमा प्रधानमन्त्रीले कुलेखानी तेस्रोलाई निर्धारित समयभन्दा अगावै पूरा गर्न सरकारको तर्फवाट सबै किसिमको सहयोग र समन्वय रहने स्पष्ट पार्नुभयो । अनुगमन र निरिक्षणमा आफै लागेकोले यसले काममा तिब्रता ल्याउन सहयोग मिलेको उहाको भनाइ थियो ।
आव ०६३÷६४ मा निर्माण कार्य सुरु भएको उक्त परियोजना आगामी ०७४ साउनमा कार्य सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । ४ अर्ब ६३ करोडको लागतमा निर्माण गरिने उक्त परियोजनावाट १४ मेगावाट बिद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ । हालसम्म ८६ प्रतिशत कार्यसम्पन्न भएको आयोजना निर्माण कम्पनिले जनाएको छ ।

0 comments

Write Down Your Responses