Powered by Blogger.
पालुङका एमाले कार्यकर्तालाई माक्र्सवादी शिक्षा


पालुङ, ५ पुस । नेकपा (एमाले)ले मकवानपुरको थाहा नगरमा आफ्ना कार्यकर्ताहरुलाई प्रशिक्षण दिएर टोल तथा वडाहरुमा खटाएको छ । 

संविधान कार्यान्वयनको लागि जनपरिचालन अभियान–२०७३ प्रभावकारी ढंगले सञ्चालन गर्ने क्रममा थाहापालिकाका कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको हो । 

आग्रा, दामन, पालुङ, बज्रवाराही, टिस्टुङ र चित्लाङका एमालेका सय बढी अगुवा कार्यकर्ताहरु प्रशिक्षणमा सहभागी थिए । थाहानगरको थानाबजारमा मंगलबार आयोजित कार्यक्रममा कार्यकर्ताहरुलाई पोलिटव्युरो सदस्य तथा स्कूल विभागका पूर्व प्रमुख बेदुराम भुषालले माक्र्सबाद र जनताको बहुदलीय जनबादबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा मकवानपुर २ का साँसद सुभाषचन्द्र ठकुरीले निर्वाचन क्षेत्र विकासका सन्दर्भमा भएका प्रयास र संचालित योजनाहरुको बारेमा प्रष्ट पारेका थिए । 

सोही अबसरमा नेकपा एमाले ३ नं. प्रदेश कमिटी सदस्य एवम् अभियान अनुगमन सदस्य रामेश्वर रानाले राष्ट्रिय एकताको झण्डा एमालेले मात्र बोकेको दावी गरेका थिए । 

एमाले मकवानपुरका सचिबालय सदस्य तथा जनपरिचालन अभियान थाहा नगरका संयोजक विष्णुप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा  उपसंयोजक रामचन्द्र बलले प्रशिक्षणको औचित्यबारे प्रष्ट पारेका थिए । त्यस्तै एमाले थाहानगर अध्यक्ष अच्युतमप्रसाद ढकालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 

प्रशिक्षणपछि अब कार्यकर्ताहरु नयाँ प्रस्तावित संरचनाको थाहानगरमा जनपरिचालन अभियान लिएर टोलटोल पुग्ने संयोजक विष्णुप्रसाद ढकालले जानकारी दिए ।




0 comments

Write Down Your Responses