Powered by Blogger.
मकवानपुरको २ नम्बर क्षेत्रमा पनि भयो सडक अवरोध


फाखेल, ५ पुस । नेकपा (एमाले)को जनवर्गीय संगठन युवा संघ नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्याको बिरोध स्वरुप मकवानपुर जिल्लाका क्षेत्र नं. २ कुलेखानी फाखेल हुमाने फर्पिङ सडक खण्डमा पनि दुई घण्टा यातायात अवरुद्ध भयो । 

तत्कालिन मालेको ऐतिहासिक केन्द्रीय बैठक सम्पन्न भएको गाविस फाखेलमा नेकपा एमाले मकवानपुर क्षेत्र नं.२ का उपाध्यक्ष जीवन लामाको नेतृत्वमा युवा संघ फाखेलका अध्यक्ष सोमलाल लामा, युवा संघ २ नं.क्षेत्रीय सदस्य बिष्णु महर्जन लगायत दर्जनौं युवाहरूको उपस्थितिमा बिरोध कार्यक्रम सम्पन्न भएको हो ।  

यसैगरी मकवानपुर क्षेत्र नं.२ कै मदन भण्डारी मार्ग सिस्नेरीमा एमाले २ नं.क्षेत्रीय सचिवालय सदस्य ऋषि पुडासैनी, पालुङ  थाहा नगर पालिकामा क्षेत्रीय सदस्य हरि मगर र निबुवाटार गाविसमा युवा संघ नेपाल मकवानपुर २ नं. क्षेत्रीय अध्यक्ष सागर पाण्डेको नेतृत्वमा बिरोध कोणसभा भएको छ । 

पालुङमा आयोजित बन्द कार्यक्रममा युवा संघ  नगर कमिटीका विक्रम केसी, प्रदिप भट्ट एमाले प्रदेश कमिटी सदस्य रामेश्वर राना मगर, जिल्ला सदस्य ईश्वर ढुङ्गाना लगायत सहभागी थिए । 



0 comments

Write Down Your Responses