Powered by Blogger.
हाजिरीजवाफ प्रतियोगितामा श्रेष्ठ र अधिकारीको समूह विजयी

हेटौंडा,२ पौष / हेटौंडा–४,कमलडाँडास्थित रोशनी पुस्तकालयले आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा प्रशंसा घिमिरे नेतृत्वको रोजीना श्रेष्ठ र कन्हैया अधिकारीको समूह विजयी भएको छ । ३ सदस्यीय समूहमा ९ वटा टिम बीच भएको प्रतियोगितामा ज्योति कोइराला, राजन शाही र विपन खनालको समूह द्वितीय तथा प्रवेश गुरागाई, सुमिना प्रजापति र गगन खड्काको समूह तृतीय भएका छन् । रोशनी पुस्तकालयले हरेक शनिबार अतिरिक्त क्रियाकलापको आयोजन गरी बालबालिकालाई पुस्तकालयप्रति आकर्षित गर्ने गरेको छ । कार्यक्रममा रोशनी पुस्तकालयका अध्यक्ष संगीत श्रेष्ठ, निवर्तमान अध्यक्ष सुरेश श्रेष्ठ, पूर्व अध्यक्ष प्रदीप कोइरालाको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses