Powered by Blogger.
बज्रबाराहीको शैक्षिक–धार्मिक महोत्सव, शिक्षामा रुदानेको योगदान र हाम्रो चुनौति

वैकुण्ठ ढकाल
‘ल बिद्यार्थीले भनेको मानेन, गृहकार्य गरेन, कक्षा कार्य गरेन, बिद्यालयबाट चाँडै भाग्यो, भोलिपल्ट बिद्यार्थीलाई सजायका नाममा शिक्षकले कुट्यो, अब भोलि पनि त्यहि प्रकृतिको गल्ती ग¥यो भने बिद्यार्थी फेरी कुट्ने कि के गर्ने ? शुरुमै सजायको अन्तिम अस्त्र प्रयोग गरेपछि के गर्ने, त्यहि भएर म बिद्यार्थीलाई कहिल्यै पिट्दिन ।’ टाटो सुमोको अगाडि सिटमा बसेर थाहानगरबाट काठमाण्डौंको यात्रामा रहेकी शिक्षक राखी लामा यसै भनिरहेकी थिइन् । उनले पढाएका बिद्यार्थी संगै सिटमा थिए । अन्तिम सिटमा पनि उनकै बिद्यार्थी रहेछन् । म पनि बीचको सिटमा थिएँ । मौन स्रोता भएर सुनिरहें । कुनै प्रतिक्रिया जनाईन अर्थात म राखीको कुरोमा मौन समर्थन जनाइरहेको थिएँ । 

साँच्चै बिद्यार्थीलाई नपिटी मात्रै हैन, गाली नै नगरी पढाउन सकिन्छ । त्यो कला सबै शिक्षकले विकास गर्नैपर्छ । लौरो आतंक, गाली आतंकबाट दिने शिक्षा अल्पकालिन हुन्छ । शिक्षण सिकाउने अनेकौं प्रबिधीको विकास भईसकेको छ । तर अझै पनि शिक्षकहरुको प्रबृति उस्तै छ ।

सिकाई समूहले बालबालिकालाई गर्ने ब्यबहार सिकाउने एउटा पुस्तक बजारमा ल्यायो, साँच्चै पढ्नै पर्ने पुस्तक छ त्यो । भारतीय लेखक गिजुभाइले लेखेको किताबलाई शरच्चन्द्र वस्तीले नेपाली परिबेश सुहाउँदो बनाएर अनुबाद गरेका छन् । नाम छ ‘हामी आमाबाबु’ । सच्चा र असल आमाबाबु हुन खोज्नेहरुले एक पटक खोजेर पढे खेर जाँदैन । शिक्षकले पनि त पढ्नु प¥यो नि ? 

शिक्षक आफूलाई जहिल्यै पनि सर्वज्ञानी ठान्छन् । बिषयबस्तु र ज्ञानको दायरालाई फराकिलो पार्न कोशिश गर्दैनन् । अहिलेका वालवालिकाको मनोबिज्ञान, मनोभाबना बुझ्दैनन् । वा भनौं उनीहरु आफूलाई समय सापेक्ष बनाउँदैनन्, आफू समसामयिक हुँदैनन् । 

हरिवंश आचार्य गोकुल सर बनेर खेलेको ‘गुडमर्निङ सर’ भन्ने एउटा चेतनामूलक छोटो चलचित्र छ । जम्मा आधा घण्टाको । त्यो हेरेर ब्यबहारमा उतार्ने हो भने नेपालको शैक्षिक स्तरमै कायापलट आउँछ । यूटुबमा भेटिन्छ, कुटेर पढाउनु पर्छ भन्ने निजि स्कूल र सरकारी बिद्यालयका प्रधानाध्यापकहरुले त हेर्नै पर्छ । 

हिंसा, यातना रहित शिक्षा अहिलेको आवश्यकता हो । तर त्यो ब्यबहारमा लागु भएकै छैन । शहरमा नाम चलेका भनिएका स्कूल हुन् वा गाउँका बोर्डिङहरु, कुनै पनि अभिभाबले महङ्गो शुल्क तिरेर आफ्ना छोराछोरीलाई कुखुरा बन्न, उठबस गर्न, शिक्षकहरुको लठ्ठि खान पठाएका होइनन् । शिक्षासंगै सिक्न पठाएका हुन् । पराग र पान खाएर बिद्यालयको गा¥हो थुक्ने कला सिक्न विद्यालय जानै पर्दैन । अलि चल्तीको बजारमा गएर केहि घण्टा बस्यो भने सिकिन्छ । 

शिक्षकले किताब घोकाउने हैन, संस्कार दिने हो । अभिभाबकले पनि गर्ने त्यहि हो । छोराछोरीको परीक्षा आउँदा आफू पनि पढ्ने अभिभाबकहरुले एकाध मात्रै भेटिन्छन् । अन्यथा छोराछोरीलाई पढ् भनेर आफूचाहिं मस्त घुर्ने वा टिभिमा रमाउने धेरै भेटिन्छन् । शहरको बसाई एउटै कोठामा सबै अटाउनु पर्ने छ । बाघ कराए जस्तो घुर्ने वा ठूलो स्वरमा टिभी घन्किरहँदा त्यही कोठाको एउटा कुनामा बसेर पढ्न अहिलेका कुन चाहिं छोराछोरी तयार होलान ?

बहस नियतिको हो कि नियतको । प्रबिधिको हो कि प्रबृत्तिको ? पूर्बाधारको हो कि पूर्बाग्रहको ? प्रतिस्पर्धाको हो कि प्रतिशोधको ? कामको हो कि प्रचारको ? रुपको हो कि गुण को ? स्पष्ट हुनु जरुरी छ । 

पर्यटन एक हदसम्म प्रचार पनि हो । यो अर्थमा कि सबैले थाहा पाउन, एक पटक हेरौं अनि बारबार रमाउन । यही त हो हाम्रो चाहना ?  

राष्ट्रको नमूना सामुदायिक बिद्यालय निर्माण गर्नुका साथै क्याम्पस सञ्चालनार्थ मकवानपुर, थाहा बज्रवाराही शैक्षिक तथा धार्मिक महोत्सब २०७३ आयोजना भएको छ । पुस १५ देखि २२ गतेसम्म हुने महोत्सबाट पाँच करोड रुपैंया संकलन गर्ने लक्ष्य बनाईएको छ । महोत्सवका लागि ३६ लाख रुपैंया खर्च हुने आयोजकको अनुमान छ ।

महोत्सब हुने थलो, थाहा आन्दोलनका प्रर्बतक रुपचन्द्र बिष्टको जन्मथलो हो, कर्मथलो हो । महोत्सब हुने महिना पनि रुपचन्द्रको जन्म महिना पुसमै हुँदैछ । शिक्षाको कुरा गर्दा पहिले बालबालिकालाई बिद्यालय पु¥याउनु प¥यो । बालबालिकालाई बिद्यालय पठाउन पहिले अभिभावकलाई राजी गराउनु पर्ने भयो । यसको लागि बिष्टले शैक्षिक जागरण नै चलाए । छोराछोरी पढाउने अभिभाबक जिन्दाबाद, छोराछोरी नपढाउने आमाबाबु मुर्दाबाद । बिष्टले नारा नै लगाउन थाले । अभिभाबकहरु अभियानमा सहभागी हुनुको साटो बिरोध गर्न थाले, मेरा छोराछोरी पढाउँ कि नपढाउँ तँलाई के मतलब भन्ने आशयका आवाजहरु पनि उठ्न थाले । 

त्यस्तो भएपछि गाउँमा अभिभाबक भेला बोलाए, बिष्टले । अभिभाबक भेलामा बिष्टले भने तिमीहरुका छोराछोरी नपढे, चोर, फटाहा, डाँका हुन्छन्, बेइमान, बेकामी हुन सक्छन् । चोर, डाँका भए भने तिनीहरुले सबैभन्दा पहिले छिमेकीकै घर फोर्ने हुन्, छिमेकीकै खल्तीबाट चोर्ने हुन् । चोर नै भए पनि चोरले आफ्नै घर पहिले फोर्दैनन, त्यहि भएर तिमीहरुको छोराछोरी पढाउने नपढाउने भन्ने बिषयमा हामीले चासो लिनु परेको, छिमेकीले चिन्ता गर्नु परेको । 

गाउँ भेलाले राम्रो काम त ग¥यो । तर खेल्न पल्केका बालबालिकालाई बिद्यालय ल्याउनका लागि समस्या भयो । बिद्यार्थीहरु सकेसम्म बिद्यालय नै नपुग्ने, पुगे पनि ढिलो पुग्ने हुन थाल्यो । 

बिद्यार्थी नै नभएपछि पढाई प्रभाबकारी हुने कुरै भएन । बनमाराको पातको चुंगी र पानीका पाईप काटेर बेरिङ बनाएर केटाकेटीले खेल्दा, पानीको समस्या भयो । यो देखेपछि रुपचन्द्रले जुक्ति लगाए । हेटौंडा, बीरगञ्ज, काठमाण्डौंबाट साईकलका थोत्रा टायरहरु मगाए । 

जो बेरिङ गुडाएर सबैभन्दा पहिले बिद्यालय पुग्थ्यो, उसले साईकलको पांग्रा पुरस्कार पाउँथ्यो । मकवानपुरको घर्तिखोला, डाँडागाउँबाट बिद्यालय घट्टेचौर कम उचाईमा पथ्र्यो, पांग्रा तीब्र गतिमा गुड्थ्यो, त्यसलाई पछ्याउँदै बिद्यार्थीहरु दौडन्थे र समयभन्दा अगाबै बिद्यालय पुग्थे । थोत्रा पांग्राले बिद्यार्थीहरुलाई समयमै स्कूल पु¥यायो । घरघरमा पानी लगेका पाईपहरु पनि काटिन छाडे । 

अब बिद्यार्थीको समस्या ट¥यो, बिद्यालय भबन बनाउनु पर्ने भयो, त्यसको पनि उपाय गजब्ब नै लगाए बिष्टले । अभिभाबकले श्रमदान गर्ने, बिद्यार्थीहरुले पनि बिद्यालय जाने समयमा सक्ने एउटा एउटा ढुंगा बोकेर जाने । यसरी सबै लागेर काम गर्दा बिद्यालय भबन बन्न पनि समय लागेन । 

जोसंग जे छ, त्यही सीप दिए । रुपचन्द्र बिष्ट आफैं पनि ढुंगा बोक्थे, चक, डष्टर समाएर कक्षा सम्हाल्थे । यसरी बिद्यालयको जग बन्यो, घर बन्यो । अब फेरि अर्को समस्या थपियो । शिक्षकको । यसको  पनि रुपचन्द्रले जुक्ति लगाए, ठूला कक्षामा पढ्नेले सानो कक्षालाई पढाउने । दिउँसो बिद्यालय पढ्नेले साँझ बिहान घरमा आमा दिदीबहिनीलाई पढाउने । यसरी शैक्षिक अभ्यास शुरु भयो । महिला शिक्षाको जग बस्यो । 

शिक्षाबाटै हो थाहा आन्दोलनलाई बलियो बनाउन सक्ने भन्ने बिष्टको ठहर भयो, गरे पनि त्यसै । जान्ने, बुझ्ने–थाहा पाउने । शिक्षासंगसंगैै राजनीतिक ज्ञान पनि बढाउनु पर्छ भन्ने रुपचन्द्रको योजना थियो । झुत्रे झाम्रेलाई, छाप्रेहरुलाई जगाउन गाउँगाउँमा अभियान चलाउनु पथ्र्यो । गाउँगाउँमा भेलाहरु गरिए । जहिले पनि पुरुषमात्रै भेला हुने महिलाको उपस्थिति जहिले पनि कम हुने । 

यसको अन्त्यको लागि छोराछोरीसहित बाबुआमा दुबैलाई भेलामा उपस्थित हुन आग्रह गर्थे, अब अभियान बाक्लिंदै गएको थियो । बालबालिकाले झुटो बोल्दैनन भनेर बालबालिकाहरुबाट कुरा बुझ्ने बिष्टको योजना बन्यो । अभिभाबकलाई संगै राखेर । उपस्थित बालबालिकालाई पालै पालो सोधियो । 

तिम्रो घरमा सबैभन्दा पहिले को उठ्छ ? 
आमा । 
ढिलो को सुत्छ ? 
आमा । 
काम कसले बढि गर्छ ? 
आमा । 
पहिले खाना कस्ले खान्छ ? 
बाले । 
दिनभरी बजार को डुल्छ ? 
बा । 
घरमा पालिएका बाख्रा, खसी कुखुराको पैसा कसले लिन्छ ? 
बाबा । 
बालबालिकाले साँचो नै बोलिरहेका थिए । यो सुनेर बाहरुको मुहार चाउँरिदै गइरहेको थियो, मुरमुर्रिरहेका थिए । दुःख गर्ने महिला हुन्थे, स्वामित्व लिने पुरुष । सम्पत्तिमा पुरुषको अधिकार, महिलाको अबस्था जम्माजम्मी घरमा काम गर्न राखिए जस्तो । यसको अन्त्यको लागि भनेर रुपचन्द्रले २० को दशकमै समान सहभागीताको कुरा गरे । प्रतिनिधित्वको कुरा भयो । 
रुपचन्द्र बिष्टले थाहा आन्दोलनको प्रर्बद्र्धनका लागि थुप्रै नारा, गीत, कविता, टुक्का मन्त्र पनि बनाएका थिए । २०३९ सालमा स्थानीय निर्बाचनको लागि प्रचारको लागि बनाएको एउटा कवितांस हेरौं –

को दोषी ?
केटाकेटी बिग्रे बाबुआमा दोषी, 
जनता बिग्रे सरकार दोषी, 
ब्यबस्गा बिग्रे अगुवा दोषी 
अनि यथार्थमुखी कर्तब्यमुखी बाहेक 
पछुवा, भगुवा सारा दोषी ।
जात ठूलो कि जनता ? 
नाता ठूलो कि न्याय ? 
पञ्चायती ब्यबस्था यस्तै छ भनेर बाख्रा गोठालो चितुवा, शीर्षकमा २०३९ सालमै तयार पारेको अर्को कविता । 
पैसाबाट सत्यता, 
पदबाट ईन्साफ,
जातबाट जनहित, 
शोषकबाट विकास,
विदेशीबाट राष्ट्रियता, 
रन्डीबाट इमान, 
गुण्डाबाट राजनीति, 
शासकबाट प्रजातन्त्र,
पाईन्छन भन्नेले 
लगाएछन चितुवालाई 
बाख्राको गोठालो । 

यी दुई कवितांसको ब्याख्या जरुरी छैन । अपबादलाई छाडेर जो जहाँ छन्, उनीहरुले त्यसलाई ब्यबहारमा उतारिरहेका छन् । रुपचन्द्रको ज्ञान, क्षमता, दर्शनमा आपत्ति जनाउन नसकेपछि । बानीबेहोरालाई लिएर बिभिन्न किसिमका आलोचना भयो । सन्की, घमण्डी, बौलाहा के के नाम दिए, भनिसाध्य छैन । जसले जे जे भने पनि बिष्टले अभियान छाडेनन् । 

अहिले त्यस किसिमको अभियान चलाउनु परेको छैन । अभिभाबकहरुले आफ्ना छोराछोरी बिद्यालय पठाउन थालेका छन् । बिद्यालयमा अब बिद्यार्थी पु¥याउनु समस्या होइन, टिकाउन समस्या हो । गुणस्तरीय शिक्षा, ब्यबहारिक शिक्षा, प्राबिधिक शिक्षा अबको आवश्यकता हो । विशिष्टिकृत शिक्षाको आवश्यकता हो ।

यही आवश्यकता पूरा गर्नका लागि शैक्षिक तथा धार्मिक महोत्सब हुन लागेको हो । थाहानगर घर भइ काठमाण्डौंमा बिभिन्न पेशा र ब्यबसायमा आवद्धहरुको भेला पुस २ गते आयोजना गरिएको थियो । त्यहाँ अनेकौं शंकाहरु उब्जिए, जहाँ पैसाको कुरा आउँछ । त्यहाँ पारदर्शिताको कुरासंगै जोडिएर आउँछ ।  पारदर्शिता भनेको आम्दानी र खर्च दुबै सवैले थाहा पाउनु त हो । 

बज्रबाराहीमै पढेर उच्चशिक्षा पढ्न काठमाण्डौं आएकाहरु हामीले दिएको पैसा बाहिर जाँदैछ, गुरुहरुलाई दक्षिणाका नाममा कमिशन दिँईदै छ रे भन्ने हल्ला चल्यो । 

त्यसको आयोजकले स्पष्ट गरिसकेको छ । लक्ष्य, उद्देश्य किटान गरेको छ । सबैले आफ्नो क्षेत्रबाट सघाउनु पर्ने कार्यक्रम हुँदैछ । साँघुरो मन बनाएर हैन, शंका गरेर हैन, द्विबिधामा परेर हैन । स्पष्ट भएर । रुपचन्द्रले भने जस्तै थाहा पाएर । 

अहिले पूर्बाधारसहितको उच्चशिक्षा हासिल गर्ने थलो बनाउने र भबिष्यमा शैक्षिक पर्यटनको केन्द्र बनाउने योजना छ । त्यसको लागि लाग्नु नै छ । अनि सबैलाई समेटेर अघि बढ्नु छ । कसैलाई पनि चचिढ्याई, सबैसंग उस्तै सुमधुर सम्बन्ध बनाएर । 

bd.palung@gmail.com



0 comments

Write Down Your Responses