Powered by Blogger.
खेल पत्रकार सुमनको नाममा पत्रकारिता पुरस्कार स्थापना

मकवानपुर, १८ पौष / भुकम्पमा परेर निधन भएका खेलपत्रकार सुमन भोम्जनको स्मृतीमा पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।
नेपालमा नैं पहिलो पटक खेल पत्रकार भोम्जनको सम्मानमा मकवानपुरको हेटौंडा–४, कान्तिराजपथमा रहेको सञ्चार संघ नेपाल द्धारा सञ्चालित सामुदायिक रेडियो, रेडियो निकास ९३।४ मेगाहर्जले “सुमन भोम्जन स्मृती पत्रकारिता पुरस्कार” स्थापना गरेको हो । आज एक पत्रकार सम्मेलन गर्दै रेडियो निकास ९३।४ मेगाहर्जका अध्यक्ष सुनिल खड्काले सहकर्मी भोम्जनको दुःखद निधनप्रती श्रद्धाञ्जली व्यक्त गर्दै पत्रकारिता क्षेत्रमा भोम्जनले पु¥याएको योगदानको उच्च कदर र सम्मान गर्दै पुरस्कार स्थापना गरिएको बताउनुभयो । पुरस्कारको राशी ५ हजार १ रुपैंया र सम्मानपत्र रहेको छ ।
पत्रकारितामा क्रियाशिल जुझारु, क्षमतावान र प्रतिभाशाली व्यक्ति भोम्जनको २०७२ बैंसाख १२ गते आएको भुकम्पमा परेर दुःखद निधन भएको थियो । उहाँको शव बैंसाख १९ गते अर्थात भुकम्प गएको ७ दिनपछी भेटिएको
हो । भोम्जन लामो समयदेखी काठमाण्डौं बसेर पत्रकारितामा सक्रिय रहनुभएको थियो ।
हेटौंडा–१० स्थायी घर भएका भोम्जनले मकवानपुरमा बिभिन्न सञ्चार गृहमा काम गर्नुभएको थियो । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका केन्द्रीय पार्षद समेत रहनु भएका भोम्जन पछिल्लो समय गोरखापत्र राष्ट्रिय दैंनिकमा खेलकुद समाचार शाखामा कार्यरत हुनुहुन्थ्यो ।
२०४४ साल जेष्ठ २९ गते जन्मनु भएका भोम्जन खेलकुद पत्रकार मञ्च मकवानपुरका अध्यक्ष समेत हुनुहुन्थ्यो । लामो समय राजधानी ९काठमाण्डौं० बसेर पत्रकारिता गर्नुभएका भोम्जन बिषेशगरी खेलक्षेत्रका समाचारमा बढी दख्खल राख्नुहुन्थ्यो ।
एकजना प्रतिभाशाली सहकर्मीको भुकम्पमा परेर अल्पायूमा नैं भएको दुःखद निधनले पत्रकारिता क्षेत्रमा ठुलो क्षती पुगेको रेडियो निकासका अध्यक्ष खड्काले बताउनुभयो । पत्रकार भोम्जनको सच्चा सम्मानको निम्ती पत्रकारिता पुरस्कार स्थापना गरिएको खड्काले बताउनुभयो । पत्रकार सम्मेलनमा अध्यक्ष खड्काले सुमनको नाममा हुने सबैं खाले व्यापारको अन्त्य गर्न सम्बन्धित सबैंमा अनुरोध गर्नुभयो ।
पत्रकारिता पुरस्कार यही माघ २२ गते शनिवार हुने रेडियो निकास र निकास साप्ताहिकको बार्षिक उत्सवको अवसरमा प्रदान गरिने खड्काले बताउनुभयो । २०७० साल मंसिर १४ गते स्थापना भएको रेडियो निकास तेस्रो बर्ष पुरागरी चौंथो बर्षमा गरेको छ भने खड्का द्वारा नैं प्रकाशित निकास साप्ताहिक १२ बर्षपुरा गरी १३ बर्षमा प्रवेश गरेको छ ।
यसैबिच रेडियो र पत्रिकाको सयुक्त बार्षिक उत्सवको अवसरमा बिबिध कार्यक्रम आयोजना गरिने भएको छ । बार्षिक उत्सवको अवसरमा सुकौंरामा निःशुल्क आँखा जाँच तथा आँखा स्वास्थ सम्बन्धी जानकारी, धियाँलमा निःशुल्क स्वास्थ शिविर, राजनैतिक दल र पत्रकार बिच मैत्रीपुर्ण फुटबल, टोल टोलमा रेडियो निकास कार्यक्रम, सार्वजनिक सुनुवाई, जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
यस्तैं बार्षिक उत्सव कैं अवसरमा बिज्ञापनदाता सङ्ग अन्तर्कृया, श्रोता र पाठक सङ्ग साक्षात्कार, दुर्घटना न्यूनीकरण सम्बन्धी ट्राफिक सचेतना कार्यक्रम, रेडियो पत्रकारिता तथा प्रविधिक तालिम र आन्तरिक पर्यटन प्रवद्र्धनका निम्ती अध्ययन, अवलोक भ्रमण पनि हुने भएको छ ।  यसैंगरी माघ १६ गते पर्ने शहिद दिवशको अवरमा बिबिध कार्यक्रम आयोजना गरिने अध्यक्ष खड्काले बताउनुभयो ।
दुई पत्रकारिता पुरस्कार
हेटौंडा÷रेडियो निकास ९३।४ मेगाहर्जका अध्यक्ष तथा निकास साप्ताहिकका प्रकाशक सुनिल खड्काले आफ्नो स्वर्गिय पिता रामचन्द्र खड्काको स्मृतीमा र सहकर्मी खेल पत्रकार सुमन भोम्जनको स्मृतीमा दूई ओटा पत्रकारिता पुरस्कार स्थापना गर्नुभएको छ ।
मकवानपुरमा जिल्लामा नैं पहिलो पटक खड्काले आफ्नो स्वर्गिय पिता रामचन्द्र खड्काको स्मृतीमा “रामचन्द्र खड्का स्मृती सिर्जनशिल पत्रकारिता पुरस्कार” स्थापना गर्नुभएको थियो ।
निकास साप्ताहिकको बार्षिक उत्सवको अवसरमा बिगत १० बर्षदेखी हरेक बर्ष सो पुरस्कार एकजना सञ्चारकर्मीलाई प्रदान गरिदैं आएको छ । खेल पत्रकार भोम्जनको स्मृतीमा आज घोषणा गरिएको “सुमन भोम्जन स्मृती पत्रकारिता पुरस्कार” पनि हरेक बर्ष रेडियो निकासको बार्षिक उत्सवको अवसरमा प्रदान गरिने खड्काले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । दुबैं पत्रकारिता पुरस्कारको राशी ५ हजार १ रुपैंया रहेको छ ।
पत्रकार सम्मेलनमा बोल्नु हुँदैं नेपाल महासंघ मकवानपुरका सचिव कृष्ण शारु मगरले सुमन भोम्जनको नाममा बिभिन्न संघ÷संस्थाले बिबिध कार्यक्रम गरेपनी भोम्जनको योगदानको सच्चा सम्मान र कदर हुन नसकेको बताउनुभयो ।


0 comments

Write Down Your Responses