Powered by Blogger.
चित्लाङ र टिस्टुङमा एमालेको जनपरिचालन भेला


मकवानपुर, १७ पुस । नेकपा (एमाले)को संविधान कार्यान्वयनको लागि जनपरिचालन अभियान–२०७३ अन्तर्गत मकवानपुरको चित्लाङमा शनिबार  अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । 

संविधान संशोधनको प्रस्तावलाई अस्वीकार गरेर सडक र सदनमा आन्दोलन गरिरहेको एमालेले मकवानपुरको विभिन्न गाउँमा अभियान संचालन गर्ने क्रममा शनिबार चित्लाङमा कार्यक्रम गरेको हो  ।

एमाले चित्लाङ गाउँ कमिटीका अध्यक्ष हरिबहादुर गोपालीको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर–२ का साँसद सुभाषचन्द्र ठकुरी प्रमुख वक्ताको रुपमा रहेका थिए । 

कार्यक्रममा बोल्दै ठकुरीले भने–‘संविधान कुनै हालतमा संशोधन गरिँदैन, अहिले बहुसंख्यक नेपालीले बनाएको संविधान कार्यान्वयन गर्ने बेला हो ।’ 

कार्यक्रममा एमाले जिल्ला सचिबालय सदस्य एवम् २ नं. क्षेत्रीय इन्चार्ज विष्णुप्रसाद ढकाल, जिल्ला कमटी सदस्य तथा थाहा नगरपालिका एवं फाखेल इन्चार्ज रामचन्द्र बल, सदस्य बुद्धरत्न मानन्धर, इश्वर ढुंगाना,  अनेमसंघ मकवानपुरका अध्यक्ष पार्वती राना, युवा संघ मकवानपुरका उपाध्यक्ष किरण बल, २ नं. क्षेत्रीय सचिब जीतबहादुर मगर, पूर्व गाविस उपाध्यक्ष हिराबहादुर गमाल लगायतले बोलेका थिए । 

एमाले चित्लाङ गाउँ कमिटी सचिब उत्तम लामिछानेले स्वागत गरेको कार्यक्रम पूूर्व गाविस अध्यक्ष लक्ष्मण रेग्मीले सञ्चालन गरेका थिए । कार्यक्रममा पाँच सय भन्दा बढी सहभागी थिए । 

यसैबीच शुक्रबार मकवानपुरको टिस्टुङ गाविसमा पनि जनपरिचालन अन्तर्गत कार्यकर्ता भेला सम्पन्न भएको छ ।

गाँउ कमिटीका अध्यक्ष किरणमान बलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा क्षेत्रीय इन्चार्ज एवं थाहा नगरको अभियान प्रमुख विष्णु ढकालको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा जिल्ला कमिटी सदस्य तथा थाहा नगर इन्चार्ज एवं थाहा नगर अभियान टोली उपप्रमुख रामचन्द्र बल, सदस्य इश्वर ढुङ्गाना लगायतले अभियानको बारेमा चर्चा गरेका थिए । 





0 comments

Write Down Your Responses