Powered by Blogger.
छुट्टाछुट्टै मुद्दामा दोषी ठहर भई फरार रहेका २ जना पक्राउ

हेटौंडा,१९ पौष /  छुट्टाछुट्टै मुद्दामा दोषी ठहर भई फरार रहेका २ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । जिल्ला अदालत पर्साले २०६६ साल भदौ १० गते गरेको फैसला अनुसार लागुऔषध नोर्फिन, डाइजेपाम मुद्दामा एक महिना ३ दिन कैद र २ हजार रुपैया“ जरिवाना तोकी फरार रहेका हेटौंडा–१० का दीप राना मगरलाई मकवानपुर प्रहरीले घर नजिकैबाट पक्राउ गरेको जनाएको छ । मगरलाई सोमबार पक्राउ गरी जिल्ला अदालत मकवानपुरमा पेश गरी सजाय भुक्तानका लागि भीमफेदी कारागार चलान गरिएको जनाएको छ ।
यस्तै जिल्ला अदालत मकवानपुरको २०५२ साल असार १४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा १ वर्ष ६ महिना कैद तोकी फरार रहेका हेटौंडा–२८ का चन्द्रबहादुर मोक्तानलाई मकवानपुर प्रहरीले मंगलबार पक्राउ घर गरेर आवश्यक कारवाहीका लागि अदालतमा पेश गरी कारागार पठाइएको जनाएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीको संयुक्त टोलीले सोमबार भार्ता गाविस–५ मा लागुऔषध अफिम ५ कठ्ठा र गा“जा १० कठ्ठा फ“डानी गरेको जनाएको छ ।

0 comments

Write Down Your Responses