Powered by Blogger.
माओवादी केन्द्र आग्राको कार्यकर्ता प्रशिक्षण सम्पन्न

जनक लामा
आग्रा,२० पौष / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र आग्रा गाउँ कमिटिको आयोजनामा बुधबार आग्राको सल्लेमा कार्यकर्ता प्रशिक्षण र बनभोज कार्यक्रम सम्पन्न भएको छ ।

माओवादी आग्रा गाउँ कमिटि संयोजक सनम सिं मुक्तानको सभाध्यक्षता एवम् माओवादी केन्द्रको पोलिटव्युरो सदस्य एवं मकवानपुर ईन्चार्ज कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

 कार्यक्रममा केन्द्रिय सम्मेलन आयोजक कमिटि सदस्य मान कुमारी नेपाली, लक्ष्मी माझी, मान बहादुर लामा, विनायक गोले करिना बल, रामचन्द्र कार्की, एकृक्रित अखिल नेपाल शिक्षक संगठन २ नं. क्षेत्रिय अध्यक्ष एवम् प्रेस सेन्टर मकवानपुर सचिव राजकुमार के.सी, नेपाल यातायात मजदुर संघका भिम लामा लगायतको आतिथ्यता रहेको थियो ।

माओवादी केन्द्र आग्राका  वरिष्ठ सह–संयोजक दिपेन्द्र कुमार थिङ, सञ्चालन गर्नु भएको कार्यक्रममा सह संयोजक सुमन कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

0 comments

Write Down Your Responses