Powered by Blogger.
लायन्स र लियोको प्रशिक्षण कार्यक्रम पौष २३ गते हुँदै

मकवानपुर,२० पौष  / लायन्स क्लव इन्टरनेशनल १०० वर्ष पुगेको अवसरमा लायन्स क्लव इन्टरनेशनल ३२५ बि २ नेपाल एरिया २ अन्र्तगतका सम्पूर्ण लायन्सहरुले संयूक्त रुपमा प्रशिक्षण कार्यक्रमगर्ने भएको छ ।

 क्लवले आज पत्रकार सम्मेलनको आयोजना गर्दै यहि आउँदो पौष २३ गते कार्यक्रमको आयोजना गर्न लागेको जनाएको हो। लायन्स र लियोहरु विच मित्रता भाईचारा अझ वलियो बनाउने र लायन्स तथा लिया हरुको लागि ज्ञान बृद्धिको लागि कार्यक्रम आयोजना गरीएको कार्यक्रम संयोजक लायन टासी डोल्मा तुम्बाहाङ्फेले जानकारी दिनु भयो । 

साथै कार्यक्रममा बिङगो, म्यूजिकल चेयर,रिङग् गेमको साथै थुप्प्रै आर्षकक खेल हुने पनि आयोजकले जनाएको छ । 



कार्यक्रममा लायन्स क्लवका इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतानको प्रमुख आथित्यता रहने छ ।  हेटौडाको हेटौडा रिर्सोटमा हुने कार्यक्रममा सञ्जय खेतान सँगै  डिं.के ढुङगाना, राजेश मोहन प्रधान, विके मर्हजन लगायतले सहजीकरण गर्नुहुनेछ  । 

0 comments

Write Down Your Responses