Powered by Blogger.
अनुशासित विद्यार्थी छनौटको लागि निर्वाचन

 हेटौंडा,  २४ पौष । विद्यालयको पठन पाठनमा सुधार र गुणस्तरीय शिक्षाको मुल आधार विद्यालय अनुशासन हो । अनुशासनको पालना गर्ने विद्यार्थीले पुर्ण रुपले सफलता हासिल गर्न सक्दछ । यसै कुरालाई मध्यनजर राख्दै हेटौंडा १९ हटिया चिसापानीमा अबस्थित श्री जनप्रिय नमूना माबिले शैक्षिकसत्र २०७३ को उत्कृष्ट अनुशासित विद्यार्थी  छनौट गर्ने भएको छ । 

उक्त कार्यका लागि एक अनुशासन समिति गठन गरि आफ्नो कार्य थालनी गरेको छ । यसका लागि नियमित उपस्थिति , नियमित गृहकार्य , अतिरिक्त क्रियाकलापमा सहभागीता , विद्यालय पोशाक , बिषयगत प्राप्ताङ्क ,शिक्षकको नजरमा विद्यार्थी र साथीहरु बाट प्राप्त मत मापदण्ड रहने छन । साथीहरुबाट प्राप्त मतका बारेमा निर्णय लिन आज शुक्रबार प्रजातान्त्रिक विधि अपनाई निर्वाचन प्रक्रिया सम्पन्न भएको छ । उत्साहजनक रुपमा विद्यार्थीहरु मतदानमा सहभागी भएका थिए । 

कक्षा ६९८ का विद्यार्थीहरुले अनुशासित विद्यार्थीका लागि कक्षा ८ का  बिक्रम थिङलाई छनौट गरेका छन् । उनले खसेको कुल मत २०२ मा  ९४ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्दी कक्षा ८ कि रोशनी पौडेलले ३० मत प्राप्त गरेकी थिइन । यसैगरी कक्षा ९९ १० र बाली बिज्ञान  समुहले कक्षा १० का  राज भण्डारीलाई छनौट गरेका छन् । उनले खसेको कुल मत १३४ मा ५२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्दी कक्षा ९ कि  प्रतिक्षा गर्तौलाले ४४ मत प्राप्त गरिन । 

मतदान अधिकृतद्वय बिष्णुमान श्रेष्ठ र बिजय नेपालले मतदान प्रक्रियाद्वारा छनौट हुने विद्यार्थी र निर्वाचनमा सहभागी सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो । निर्वाचनमा शिक्षकहरु  पुरुषोत्तम सापकोटा , बिष्णुहरि गौतम , इन्द्र बहादुर कार्की , लक्ष्मण खतिवडा , ज्योति गौतम , रुपा बिश्वकर्मा , तुलसा रायमाझी , गीता सापकोटा , रत्नहरि अधिकारी लगायतकाको उपस्थिति रहेको थियो । सबै मापदण्ड पुरा भएपछि मात्र निकट समयमै अनुशासित विद्यार्थी घोषणा गरिने जानकारी प्रधानाध्यापक नमराज अर्यालले जानकारी गराउनु भयो ।

0 comments

Write Down Your Responses