Powered by Blogger.
बुढीचौरमा २५ कार्यकर्ता एमाले प्रवेश


हेटौंडा, २३ पुस । नेकपा (एमाले) मकवानपुरको संविधान कार्यान्वयनका लागि जारी जन परिचालन अभियान अन्तर्गत शनिबार वुढिचौरमा कार्यक्रम भएको छ । 

गाउँ कमिटी अध्यक्ष जुलाफसिंह रुम्बाको अध्यक्षता तथा जिल्ला अध्यक्ष मुनु सिग्देलको प्रमुख आतिथ्यमा अभियान भएको हो । कार्यक्रममा पार्टीको दुई नम्बर क्षेत्रीय कमिटीसदस्य चेतरत्न रुम्बा, अभियानका बुढिचौर संयोजक कृष्ण धिताल, अनेमसंघ मकवानपुर अध्यक्ष पार्वती राना लगायतले संबिधान कार्यान्वयन र वर्तमान राजनीतिका विषयमा धारणा राख्नु भएको थियो । 

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २५ जना एमालेमा प्रवेश गरेका छन्  ।



0 comments

Write Down Your Responses