Powered by Blogger.
राप्रपा गाउँ कमिटि आग्राको कार्यकर्ता भेला सकियो

मकवानपुर,२६ पौष / राप्रपा गाउँ कमिटि आग्राको आयोजनामा कार्यकर्ता भेटघाट तथा विभिन्न विषयगत छलफल कार्यक्रम सम्पन्न भएको छ  । सांसद गणेश थापाको प्रमुख आथित्यता तथा राप्रपा गाउँ कमिटि आग्राको अध्यक्ष केशर थिङको सभाध्यक्षतामा कार्यक्रम भएको हो । आग्रा ७ लामिचौरमा भएको उक्त कार्यक्रममा सांसद थापाले आफुले जनताको समस्या बुझेको बताउदै त्यस समस्याको समाधान गर्न आफु तत्पर रहेको बताउनु भयो ।
समग्र जिल्लाको विकासमा आफु समर्पित रहेको भन्दै विभिन्न क्षेत्रबाट निर्वाचित भएका सांसदले समेत गर्न नसकेको काम आफुले गरेको दावि समेत गर्नु भयो । आग्रा विकासको काम योजना बनाई आउनका लागि आग्रह गर्दै सो विकास कार्य पुरा गरि देखाउने प्रतिवद्धता जनाउनु भएको छ ।
सोहि क्रममा विभिन्न पाटि प्ररित्याग गरि  सय भन्दा वढिले राप्रपामा प्रवेश गरेको आग्राका स्थानिय सुरज तामाङले जानकारी दिनुभएको छ।
सो कार्यक्रममा केन्द्रिय सदस्य नवराज विष्ट, राप्रपाका थाहा नगरका अध्यक्ष हरेराम कार्की, आग्रा गाविस पूर्व अध्यक्ष एवम् जिल्ला सदस्य राम बहादुर घले लगायतको आथित्यता रहेको थियो ।

0 comments

Write Down Your Responses