Powered by Blogger.
काँग्रेसको कार्यसम्पादन समितिको बैठक सम्पन्न


हेटौंडा, २४ पुस / नेपाली काँग्रेस मकवानपुरको कार्यसम्पादन समितिको बैठक आइतबार सम्पन्न भएको छ । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँको सभापतित्वमा भएको बैठकले जिल्लामा भैरहेका हरेक विकास निर्माण कार्यमा पार्टीको भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय भएको छ । बैठकले पार्टीमा रहेका रिक्त विभागहरु तत्काल पूरा गर्ने, भातृ एवं शुभेच्छुक सस्थाहरुको अबिधेशन गर्न बाँकी भए तत्काल गराउने र अबिधेशन भैसकेका संस्थाहरुलाई सांगठानिक गतिविधीमा सक्रियरुपमा लाग्न निर्देशन दिने निर्णय भएको पार्टीका जिल्ला सदस्य एवं प्रवक्ता प्रदीप कोइरालाले बताउनुभयो । पार्टी संगठन सुदृढिकरण एवं विस्तार कार्यक्रमअन्र्तगत गाउँ तथा नगर÷वडाका सभापतिहरुलाई दिइएको १७ बुँदे निर्देशन कार्यान्वयन बारे जानकारी माग गर्ने र अनुगमनको लागि खटाइएका प्रतिनिधीहरुलाई माघ १५ भित्र प्रतिवेदन पेश गर्न निर्देशन दिने निर्णय भएको प्रवक्ता कोइरालाले बताउनुभएको छ । बैठकमा उपसभापति विष्णुप्रसाद लामिछाने, प्रमूख सल्लाहकार माइकल रामचन्द्र अर्याल, सचिवद्वय बुद्ध लामा, आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेललगायत कार्यसम्पादन समितिका सदस्यहरु, क्षेत्रीय एवं नगर सभापतिहरुसमेतको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses