Powered by Blogger.
सञ्चारकर्मी एम.जि. र रजनीको “डम्फूको ताल्लैमा”बोलको गितको भिडियो केही दिनमा सार्वजनिक गरिने


 काठमाण्डौ,२६ पौष / काठमाण्डौको बौद्ध  र त्यस आसपासमा छायाँकन गरिएको “डम्फूको ताल्लैमा ” बोलको गितको भिडियो अब केही दिनमा सार्वजनिक हुने भएको  छ । सञ्चारकर्मी एम जी तामाङ र रजनी लामाको स्वरमा रहेको छ ।

भिडियोमा सबिता गुरुङ ,ज्ञानेन्द्र लामा,रविना लामा र गायक एम जि स्वयमले ले प्रमुख भूमिकामा अभिनय गर्नु भएको छ । दिपेन्द्र भट्टले छायाँकन गर्नुभएको भिडियोमा नृत्य निर्देशन कृष्ण तामाङले गर्नु भएको छ ।
यस्तै गितमा चर्चित गायक तथा संगितकार विशाल काल्तान  संगित रहेको छ भने शब्द गायक एम जि तामाङको रहेको छ।गीत आँदै गरेकोे ल्होछार र युवापुस्ता लछित रहेको गायको दाबी छ ।

0 comments

Write Down Your Responses