Powered by Blogger.
साहित्यकार जिसी दिल्लीमा, उपचारमा राज्यले वास्ता गरेन


काठमाडौं, २६ पुस । साहित्यकार उज्वल जीसी क्यान्सर रोगबाट पीडित बनेका छन् । 

नेपाली साहित्यमा लामो समयदेखि कलम चलाउँदै आएका जीसी पेटको आन्द्रामा क्यान्सर भएपछि हाल भारतमा उपचार गराइरहेका छन् । दोस्रो शल्यक्रियाका क्रममा रहेका जीसीलाई उपचारका लागि कम्तीमा २० लाख लाग्नेछ । अस्पतालको शैंयामा रहेका साहित्यकार जीसीले रकम अभाव भएको गुनासो गरेका छन् ।


ठमेल भगवतीस्थानमा जन्मिएका उनले २० वर्ष सरकारी सेवामा रहेर काम गरेका थिए । जीसीले कविता, गजल, गीत, मुक्तकलगायतका विधामा कलम चलाएका छन् । उनका दर्जनौं कृतिहरू प्रकाशित भएका छन् भने विभिन्न साहित्यिक संघ÷संस्थामा समेत आबद्ध रहेका छन् ।

उनको उपचारका राज्यले मात्र होइन, उनीसम्बद्ध संघ÷संस्थाले चासो दिएका छैनन् । दोस्रो शल्यक्रियापछि उनको स्वास्थ्य अवस्था कस्तो हुने भन्नेबारे चिकित्सकहरूले केही बताएका छैनन् । उनका परिवारले यतिबेला ऋण लिएरै उपचार गराइरहेका छन् । 

राज्यबाट कुनै सहयोग नपाएको पारिवारिक स्रोतको गुनासो छ । ‘अबको छ दिनमा दोश्रो किमो दिनुछ त्यसपछि अपरेशन हुन्छ, राज्यबाट कुनै सहयोग मिलेको छैन । आफ्नै खर्चले उपचार गर्न सकिएला जस्तो छैन ।’–उनले भारतबाट दामन पोष्ट समक्ष भने ।  

0 comments

Write Down Your Responses