Powered by Blogger.
थाहा नगरपालिकाको चौथो नगर परिषद् सम्पन्न


थाहानगर,२६ पौष / संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय तहको चुनाको लागि तयार रहन आग्रह गरेका छन् । मन्त्री पाण्डेले भने–‘यो सरकारको तर्फबाट आग्रह भयो, सबै राजनीतिक दल, कर्मचारी चुनावको तयारीमा लाग्नू ।’ मकवानपुर थाहा नगरपालिकाको चौथो नगरपरिषद्को उद्घाटन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् । 
नगरपरिषद्मा रु। १ करोड २ लाख २५ हजार ७ सय, नगरपालिका कोष २५ लाख २८ हजार ९ सय ८९ रुपियाँ ४१ पैसा, राजश्व बाँडफाँडमा २२ लाख ४४ हजार ५ सय र बाह्य आम्दानी १० करोड २१ लाख ७ हजार ५ सय २३ रुपियाँ सहित जम्मा ११ करोड ७१ लाख ६ हजार ७ सय १२ रुपियाँ ४१ पैसा बराबरको चालु आर्थिक वर्षको संशोधित बजेट कार्यकारी अधिृकत भिम बहादुर परियार पेश गरेका थिए । 

यसै गरी चालु आर्थिक वर्षको व्ययतर्फ सामाजिक सुरक्षा भत्ता समेत ३ करोड ८० लाख ४८ हजार ४ सय ६० रुपियाँ बराबरको चालु संशोधित व्यय अनुमान र पँुजिगत तर्फ ७ करोड ९१ लाख ५८ हजार २ सय ५२ रुपियाँ ४१ पैसागरी कुल संशोधिन व्यय तर्फ ११ करोड ७२ लाख ६ हजार ७ सय १२ रुपियाँ ४१ पैसाको बजेट पेश गरेका थिए । 
परिषद्मा आगामी आर्थिक वर्ष २०७४।०७५ को लागि आन्तरिक आय तर्फ रु। १ करोड १२ लाख ६१ हजार ४ सय ७० रुपियाँ, नगरपालिका कोष १० लाख, राजश्व बाँडफाँड २७ लाख र बाह्य आय तर्फ रु। ११ करोड ६९ हजार ५ सय ३० रुपैँया गरी कूल रु। १२ करोड ५० लाख ३१ हजार रुपियाँको आय अनुमान प्रस्ताव गरेका थिए भने कुल प्रस्तावित व्यय तर्फ चालु खर्च सामाजिक सुरक्षा भत्ता समेत रु ४ करोड ६६ लाख ५ हजार रुपियाँ र पूँजीगत खर्च तर्फ रु ८ करोड ४३ लाख ६६ हजार रुपियाँ गरि कुल व्यय तर्फ १२ करोड ५० लाख ३१ हजार रुपैंया बराबरको व्यय अनुमान पेश गरका थिए । प्रस्तुत भएको चालु आर्थिक वर्षको संशोधित तथा आगामि आर्थिक वर्षको अनुमानित आयव्यय चौथो नगरपरिषद्ले पारित गरेको छ ।

नगरपरिाष्दको अवसरमा मन्त्री पाण्डेले थाहा नगरपालिकाको नवनिर्मित भवन तथा डिजिटल नागरिक बडापत्रको पनि उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सदस्य भिम बहादुर भोम्जन, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य विष्णु प्रसाद ढकाल, नेकपा माओवादी केन्द्र मकवानपुरका संयोजक प्रेम बहादुर पुलामी ‘छिन्तु’, हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डे, पूर्व स्थानीय विकास अधिकारी भूवनप्रकाश विष्ट, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडी, स्थानीय विकास अधिकारी नारायण प्रसाद मैनाली, नगर बाल संजालका अध्यक्ष विकास सुवेदी, थाहानगर उद्योग वाणिज्य संघका महासचिव सरेन्द्य्रमान प्रधानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

0 comments

Write Down Your Responses