Powered by Blogger.
मुआब्जाको मांग राख्दै हेटौडा बजार भोलिबाट बन्द, आन्दोलन सशक्त गरिने

हेटौडा,  ३ माघ । सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार सडक खण्डमा २५ मीटर भित्र पर्ने निजी सम्पत्तिको मुआब्जा नदिई सडकविभागले सडक विस्तार गर्न लागेपछि हेटौडाको स्थिति तनावपूर्ण रहेको छ ।
सडक ऐन नबन्दै पूर्वपश्चिम राजमार्ग बन्नु अघि नै विक्रम सम्वत २०११ साल देखि नै बसोबास गर्दै आएको एवम् नगरपालिकाले सम्पत्ति कर लिईरहेको र सडक डिभिजन कार्यालयले भन्दै आएको २५ मीटर भित्रका घरजग्गाको लालपूर्जा व्यक्ती कै नाममा रहेका छन् । राज्यलाई हाल सम्म पनि नियमानुसार मालपोत कर तिर्दै आएको तथा मालपोत कार्यालयबाट खरीदबिक्री समेत हुदै आएकोले ती जग्गा निजी सम्पत्ति रहेकोले राज्यले लिनुपर्दा क्षतिपूर्ति मुआब्जा दिनु पर्ने हेटौडा बसोबास संरक्षण समितिको भनाई रहेकोछ ।
विरोधमा मकवानपुर क्षेत्र नंम्बर ३ का साँसद अनन्त पौडेल, उद्योगी, व्यवसायी, घरधनी लगायत विभिन्न राजनैतिक पार्टीका जिल्ला स्तरीय नेता हरुको सहभागिता रहेको छ । नेकपा एमाले मकवानपुर क्षेत्र नम्बर ३ का सांसद अनन्त पौडेलले मुआब्जा नदिई व्यक्तीगत संरचना राज्यले भत्काउन लागे हेटौडा रक्तपातपूर्ण हुने चेतावनी दिनु भएकोछ ।
यसै क्रममा सडक डिभिजन कार्यालय, जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय प्रशासन कार्यालयसँग मुआब्जाको विषयमा गरिएको छलफल विना निष्कर्ष सकिएपछि भोलिबाट बजार बन्द गरि आन्दोलन सशक्त गरिने हेटौडा बसोबास संरक्षण समितिले जनाएको छ ।
केही दिन अघिबाट सडक डिभिजन कार्यालयले २५ मीटर भित्र पर्ने सरकारी स्वामित्वका भौतिक संरचना भत्काई सकेको छ भने, निजी घर टहरा आज विहानैबाट भत्काउन थालेको छ ।

0 comments

Write Down Your Responses