Powered by Blogger.
गढीमा जनपरिचालनबारे समीक्षा


मकवानपुर, ३ पुस । नेकपा (एमाले) केन्द्रीय कमिटीबाट घोषित ४ महिने संविधान कार्यान्वयनको लागि जनपरिचालन अन्तरगत मकवानपुर गढी गाउँपालिका अन्तरगत (आमभन्ज्याङ्ग, मकवानपुर गढी, सुकौरा र बुढीचौर गाविस) को टोलीको दोस्रो बैठक बसी गत मंसिर महिना र पुष महिनामा भएको अभियानका क्रियाकलापको समिक्षा गरेको छ ।  

सोमबार आमभन्ज्याङ्गको धादिङ्मा बसेको बैठकले मंसिर र पुष महिना भरमा ४० वटा कार्यक्रम सम्पन्न गरेको र अभियानमा पार्टी कार्यकर्ता र जनतालाई संविधान कार्यान्वयनको बारेमा स्पष्ट पारिएको निष्कर्ष निकालेको छ । 

बैठक पार्टी जिल्ला कमिटीका उपाध्यक्ष तथा अभियान संयोजक बद्रिप्रसाद लम्सालको अध्यक्षतामा बस्दै माघ महिनाभर जनताको तहसम्म जाने कार्यक्रम तय गरिएको छ । 

प्रदेश कमिटीका सदस्य तथा अभियान अनुगमन समितिका सदस्य कृष्णप्रसाद दाहालको प्रमुख आथित्यतामा भएको बैठकमा पार्टी जिल्ला कमिटीका सदस्य तथा अभियान सहसंयोजक नवीन सिग्देल, जिल्ला कमिटीका सदस्य तेजप्रसाद लम्साल, २ नं. क्षेत्रीय कमिटीका अध्यक्ष विदुर हुँमागाईँ, १ नं. क्षेत्रीय कमिटीका सचिव रामजि सापकोटा लगायत जिल्ला विभागका सदस्यहरु, क्षेत्रीय कमिटीका सदस्यहरु, गाउँ कमिटीका अध्यक्षहरु, अभियानका सदस्यहरुको उपस्थिति रहेको थियो ।


0 comments

Write Down Your Responses