Powered by Blogger.
मकवानपुरको दामन पालुङमा अत्याधिक हिमपात, हिमपात सँगै अन्तरिक तथा वाह्य पर्यटकहरुको चहलपहल बढ्दो

थाहानगर,१५ माघ /मकवानपुरको उच्च पहाडि थाहानगरको विभिन्न क्षेत्रमा अत्याधिक हिमपात भएको छ । शुक्रबार विहानै देखि मौसममा परिवर्तनले भए सँगै मकवानपुरको उत्तरी थाहाको उच्च पहाडि दामन,पालुङ, सिमभञ्याङ, थाहा नगर ५ को केशरी भञ्याङ, देउराली, कोटथुम्की लगायत भू–भागमा हिउँ परेको दामनपोष्ट डट कमलाई  जनक लामाले जानकारी दिनु भएको छ ।
दामन सिमभञ्जयाङ्मा क्षेत्रमा हिउँ परेर जम्दा सडक अवरुद्ध भएको इलाका प्रहरी कायालय पालुङका सैइ दिपक कुमार गुप्तले जानकारी दिनु भयो  । विगतको तुलनामा भन्दा यस पटक अत्याधिक हिपात भएको स्थानियको भनाई छ ।
मकवानपुरको दामन सिमभञ्जयाङ्ग क्षेत्रमा घुम्न आएका स्वदेशी तथा बिदेशी पर्यटकहरु होटल तथा सबै क्षेत्र हिउँले सेताम्मे भएपछि रमाईरहेका छन् । हिउँमय दामनमा हिउँ खेल्न र हिउँसँग रमाउन जाने अन्तरिक तथा वाह्य पर्यटकहरुको चहलपहल समेत वृद्धि भएको छ ।  अत्याधिक हिमपातका कारण सो क्षेत्र सेताम्मे बने सँगै भुकम्प पिडितलाई भने जनजीवन निकै प्रभावित बनाएको छ ।
हिमपात हुँदा यहाँबाट बिहानै देखि छुट्ने लामो तथा छोटो दूरीका गाडी ठप्प भएका छन् । नागरिकलाई ओहोर दोहोर गर्न समस्या भएको थियो । यसले गर्दा उनीहरुको दैनिक कार्य पनि प्रभावित बनेको थियो  ।
शmत्रबार राती १२ वजेदेखि शुरु भए सँगै उत्तरी थाहा नगर लगायत आसपास क्षेत्रभरि निकै चिसो बढेको छ  । तस्विर : सुजन केसि 

0 comments

Write Down Your Responses