Powered by Blogger.
हेटौडा १४ कोे वडा नागरिक मञ्च पुर्नगठन

मकवानपुर, १५ माघ / हेटौडा उपमहानगरपालिका वडा नं. १४ को वडा नागरिक मञ्चको पुर्नगठन कार्यक्रम आज सम्पन्न भएको छ । पदम पोखरी हेल्थपोष्टको तालिम हलमा भएको वडा भेलाबाट रविन्द्र थापाको संयोजकत्वमा २४ सदस्यीय वडा नागरिक मञ्च गठन गरिएको हो ।
 सो मञ्चका सह–संयोजक बविता लामा ,सदस्यहरु रिपेश दाहाल, लक्ष्मी थिङ ,सुरेन्द्र लोप्चन लगायत चयन भएका छन । वडा नागरिक मञ्चका २४ सदस्य मध्ये ८ जना सदस्यहरु परिवर्तन गरि पुनह २४ सदस्यीय बनाईएको छ  । कार्यक्रमको सशजीकरण  सामाजिक परिचालक रिना सापकोटाले गर्नु भएको थियो । 

0 comments

Write Down Your Responses