Powered by Blogger.
प्रशासनको मासिक प्रगति र कार्ययोजना सार्वजनिक, १५६३ लाई नागरिकता वितरण, ५ सय ८६ लाई राहादानी

बलराम पुडासैनी 
हेटौंडा, २४ /पुस जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंसिर महिनाको प्रगति र नयाँ कार्ययोजना सार्वजनिक गरेको छ । आज आईतबार मासिक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि प्रशासनले मासिक प्रगति विवरण र कार्ययोजना सार्वजिक गरेको हो ।
प्रगति विवरण जानकारी गराउँदै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडीले मंसिर महिनामा मात्र नागरिकता पाउनेको संख्या १५ सय ६३ रहेको जनाएको छ । जसमा ७ सय ४१ जना पुरुष र ८ सय २२ जना महिला रहेका छन् ।
त्यस्तै मंसिर महिनामा ५ सय ८६ वटा साधारण राहदानि बितरण गरिएको , बिभिन्न विषयमा गत महिनामा दर्ताभएका २६ वटा मुद्धा मध्ये १४ वटा मुद्धाको फैसला गरिएको बताइएको छ । साथै मंसिर महिनामा ३८ लाख ९३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको बताईएको छ ।
कार्यक्रममा  मकवानपुरको शान्ति सुरक्षा र विकासको लागि आफुहरु लागी पर्ने समेत प्र जि अ दुवाडिले बताएका बताउनुभयो ।  कार्ययोजनाहरुमा गांजा फडानी गरी अन्य खेती गर्न प्रोत्साहन गर्ने ,विभिन्न विकास आयोजनाको ब्यबस्थापन गर्ने , २५ लाख वा सो भन्दा बढि लागत रहेको आयोजनाको नियमित र एकीकृत अनुगमन गर्ने, विकास आयोजनाको मुआब्जा र क्षतिपुर्तिको निरुपण गरी आयोजना संचालन गर्ने , भुकम्पको पुर्ननिमार्णमा अनुगमन गर्ने रहेको छ ।
कार्यक्रममा मुआब्जा अनियमित रहेको ,सबै घर धनीको हातमा लालपुर्जा रहेको, र हेडौंडाबासीले उचित क्षतिपुर्ति नपाएको विषयमा आफुहरु गम्भीर रहेको र अति समस्या परेको खण्डमा घर धनीले निवेदन पेश गरेमा समय केहि थप गर्न डिभिजन सडक कार्यलय संग पहल गर्ने आश्वासन समेत दिनुभएको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिबहादुर पन्त ,स्थानिय विकास अकिकारी  नारायण प्रसाद मैनाली ,मकवानपुरका प्रहरी उपरिक्षक वसन्तकुमार लामा पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष गिरीजा अधिकारी लगायतको आथित्यता रहेको थियो ।

0 comments

Write Down Your Responses