Powered by Blogger.
बज्रबाराही शैक्षिक महोत्सबमा उल्लेख्य सहयोग, शुक्रबारसम्म दातालाई अन्तिम मौका


बज्रबाराही । उत्तरी मकवानपुरको बज्रबाराहीमा जारी शैक्षिक तथा धार्मिक महोत्सवमा सहयोग गर्नेहरुको ताँती नै लागेको छ  । 

गत पुष १५ गतेदेखि सुरु भएको महोत्सबमा चन्दा सहयोग गर्नेहरुबीच प्रतिस्पर्धा देखिएको हो । महोत्सबमा अहिलेसम्म करोडौं नगद र केही जिन्सी प्राप्त भएको आयोजकले जनाएको छ । 

५ रोपनी १३ आना जग्गा पनि प्राप्त भएको छ । आर्थिक सहायताका अतिरिक्त तुलादान  पनि धेरैले गरेका छन् । महोत्सबको पाँचौ दिन मात्रै ६५ लाख रुपैया संकलन भएको थियो ।

 बिहिबार मात्र पनि एक स्थान्ीय सहकारीले ५ लाख आर्थिक सहयोग गरेको थियो । प्यासिफिक बचतले गरेको सहयोग रकम अहिलेसम्मकै ठुलो भएको बताइन्छ । यस्तै पुर्वमन्त्री महालक्ष्मी उपाध्यायले २ लाख सहयोग गरेकी थिइन् भने एक लाख भन्दा बढ्ता सहयोग गर्नेत सयौं रहेका छन् । 

सहयोगका लागि विभिन्न ठाँउबाट बज्रबाराही जानेको भिड लागेको र शुक्रबार अन्तिम मौका भएकाले धेरै जना बज्रबाराही आउने तयारी गरेको बुझिएको छ । 

बज्रबाराही उच्च माबीलाई मुलुककै नमुना बिद्यालयका रुपमा स्थापित गराउन आयोजित महोत्सब शुक्रबार समापन हुँदैछ । महोत्सबबाट ५ करोड रुपैया संकलन गर्ने लक्ष्य छ ।

0 comments

Write Down Your Responses