Powered by Blogger.
बज्रबाराही उमाविलाई चन्दाको बाढी, उच्च पदस्थको भने उधारो आश्वासन (कस कसले कति दिए ?सुची सहित )


काठमाडौं, २२ पुस । मकवानपुरको बज्रबाराहीमा जारी वृहत शैक्षिक तथा धार्मिक महोत्सवमा विद्यालयको स्तरोन्नती गर्नका लागि चन्दा दिनेको व्यापक सहभागिता देखिएको छ । 

शुक्रबार महायज्ञको समापनको दिनसम्म पनि सहयोग गर्न चाहनेहरुलाई मौका प्रदान गरिएकाले शुक्रबार साँझसम्म यो क्रम अझै बढ्ने बताइएको छ । उक्त महोत्सवको सातौं दिन मात्र ७५ लाख रुपैंया संकलन भएको थियो । सातौं दिनसम्मका कुल २ करोड ६ लाख नगद जम्म भइसकेको बताइएको छ ।

अझै दाताहरुको चन्दा दिन प्रतिश्पर्धा चलेकाले आयोजकले आफ्नो लक्ष्यमा पुग्न सकिने अनुमान गरेको छ  । भूमीदान अन्य श्रोतवाट आयका हिसाबको विवरण आउन बाकी रहेको बताइएको छ ।

अहिलेसम्म प्यासिफिक बचत तथा ऋण सहकारीबाट ६ लाख ६ हजार ६सय ६६ पूर्व विद्यार्थी तथा व्यवसायी अर्जुनसिह ठकुरीबाट लाख ६ हजार ६ सय ६६, सन्तबहादुर बलामीबाट २ लाख ११ हजार १ सय ११, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य तथा २ नम्बर क्षेत्रीय इन्चार्ज बिष्णु प्रसाद ढकालबाट १ लाख ५१ हजार १ सय ५१, एमाले थाहा नगर कमिटी अध्यक्ष अच्युतमप्रसाद ढकालबाट १ लाख २५ हजार , मुक्तिनाथ उप्रेतीबाट १लाख १५हजार १सय ५१,  रामजी उप्रेतीबाट १लाख ११ हजार १ सय ११, राम बहादुर जोशीबाट १ लाख ११हजार १ सय ११, शशीधर सुवेदी बाट १ लाख १ हजार १सय ११ सहयोग प्रदान गरिएको छ । 

यसैगरी राजन बिडारी र पुरुषोत्तम बिडारीबाट २ लाख सहयोग प्रदान गरिएको जनाइएको छ । यस्तै महोत्सवको छैटौं दिन मात्र ३० लाख संकलन भएको थियो । नेपाली काङ्ग्रेस मकवानपुरकी समानुपातिक सांसद महालक्ष्मी उपाध्याय (डिना) द्वारा ५ हजार, गजबहादुर गोपालीबाट १लाख २५हजार, राजाराम गोपालीबाट ६० हजार , मथुरा बलामीबाट ६५हजार ५सय, गणेश बहादुर बिडारी ५५हजार ५सय ५५, ध्रुव प्रसाद बिडारी र बहिनी शोभा बिडारीबाट ५५हजार ५ सय ५५ , दामोदर सुवेदी र लक्ष्मी चालिसेबाट ५५ हजार ५ रुपैयाँ, श्री कृष्ण बिडारीबाट ५० हजार १सय ५० प्रदान गरिएको छ ।

पुर्व मन्त्री समेत रहेकी डिना उपाध्यायले २ लाख रुपैंया सांसद विकाष कोषबाट पछि निकासा गर्ने प्रतिवद्धता जनाएकी छिन् भने कार्यक्रमको उद्घाटन गरेका सांसद सुभाषचन्द ठकुरीले १५ लाख रकम उक्त कोषबाट प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् । 

स्मरणीय छ सांसद ठकुरीले आफ्नै गाँउको  सिस्नेरी स्थित वत्सलादेवी माविलाई भने ४० लाख रकम छुट्याएका छन् । उनी लामो समयदेखि सोही स्कुलको व्यवस्थापन समितिको अध्यक्ष पनि रहेका छन् । 

सांसद पदमा कार्य व्यवस्ततामा रहँदा पनि उनले विद्यालय सम्हालीरहेको बताइन्छ । विद्यालयलाई आयस्रोतको लागि भन्दै स्थानीय पाखोबाट भत्काएर ढुङगा निकासी गर्ने र उक्त ढुङगा त्यही रहेको रोडा ढुङ्गा उद्योगमा खपत गरी विद्यालयको स्तरवृद्धिका लागि काम जारी रहेको स्थानीय वाशिन्दा बताँउछन् । 







0 comments

Write Down Your Responses