Powered by Blogger.
डबिङ्गमा ‘दिपज्योती’


काठमाडौं, २० माघ । चलचित्र ‘दिपज्योती’को यतिबेला डबिङ कार्य भैरहेको छ । 

अनुभवी चलचित्रकर्मी नारायण मैनालीे दिपज्योती’बाट निर्देशनमा डेब्यु गर्दैछन् । सल्लाहकार निर्देशनमा कमल मैनाली रहेका छन् । 

अनिस कुमार मैनाली प्रस्तुतकर्ता, रामकृष्ण अधिकारी, उत्तम के.सी., निरन्जन ठाकुरको संयुक्त लगानी रहेको चलचित्र ‘दिपज्योति’का कार्यकारी निर्माता सानुकाजी श्रेष्ठ हुन् । यसमा नीर शाह, लय संग्रौला, सजोज खनाल पुष्कर रेग्मी, रजनी केसी, खुश्बु खड्का, प्रमोद ‘दिप’, शेरबहादुर गुरुङ, रेशम फिरिरि आदिको अभिनय रहने छ । 

हरीष पन्तको कथा, नृत्य रामजी लामिछाने, द्धन्द सम्राट बस्नेत, संगीत सचिन गीरी, निर्माण नियन्त्रक कृष्ण खरेल रहेका छन् । 




0 comments

Write Down Your Responses