Powered by Blogger.
लुकाछिपाई राखेको काठ बरामद


झापा, २० माघ । बन तथा भू संरक्षण मन्त्रालयको मातहतमा रहेको बन पैदावार बिकास समिती अन्तर्गतको रतुवामाई वृक्षारोपण आयोजनाका कर्मचारीहरु, ईलाका प्रहरी कार्यलय झिलझिले र ईलाका वन कार्यालय झिलझिलेकोे संयुक्त गस्ती टोलीले लुकाछिपाई राखेको काठ बरामद गरेको छ ।

शुक्रबार झापाको शिवसतासी नगरपालिकाको मिलन चौक बाट करिब १.५ किमि दक्षिण र झरना खोलामा आयोजनाको काठ कटान गरी लुकाएको सुराकीका आधारमा गएको गस्ती टोलीले काठ बरामद गरेको हो । 

आयोजनाका अनुसार बरामद काठ १४ थान मसला जातको गोलिया, ७ थान बल्लाबल्ली, टिकको ६ थान बल्लाबल्ली र सखुवाको ३२ थान चिरान(पल्ला) काठ छन् । बरामद काठसहित एक थान ठेला भ्यान र एक थान अबैध चिरान मेसीन नियन्त्रणमा लिएको आयोजनाका रेन्जर नवराज शाहीले जानकारी दिए ।

चोरीमा संलग्न व्यक्ति फरार भएकोले नियन्त्रणमा लिन नसकिएको शाहीले बताए । बरामद काठको मूल्य ४० हजार रुपैयाँभन्दा बढी रहेको आयोजनाले जनाएको छ ।

0 comments

Write Down Your Responses