Powered by Blogger.
आमभन्ज्याङ्गमा परिक्षणकालिन पार्टी सदस्यहरुको सपथ


मकवानपुर, १४ फागुन । संविधान संसोधन प्रस्ताब राष्ट्र र जनविरोधी कदम भएको सांसद सुभाषचन्द्र ठकुरीले बताएका छन् । 

नेकपा एमालेद्वारा सञ्चालित ४ महिने जनपरिचालन अभियानको सन्दर्भमा आमभन्ज्याङ् गाविसमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अहिलेको आवश्यकता भनेको संविधान कार्यन्वयनको लागि तीन तहको निर्वाचन तोकिएको समयमा हुनपर्ने बताए । 

त्यस्तै, नेकपा एमालेका जिल्ला उपाध्यक्ष तथा मकवानपुर गढी अभियान प्रमुख बद्रिप्रसाद लम्सालले गाउँगाउँमा विकासलाई बढाउने हो भने नेकपा एमाले जित्नुपर्ने र त्यसको लागि सम्पूर्ण कार्याकर्ता एकजुट भएर लाग्नु पर्ने बताए । अभियानले मुलुकलाई एमालेमय बनाउन सफल भएको समेत उनको दावि थियो । 

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा गढी गाउँपालिका अभियान उपप्रमुख नवीन सिग्देल, २ नं. क्षेत्रीय कमिटीका अध्यक्ष विदुर हुँमागाईँ, आमभन्याङ्ग गाविस अभियान प्रमुख जीतबहादुर घिमिरेलगायतले अभियानको बारेमा प्रष्ट पारेका थिए भने आगामी चैत्र ५ गते हुने गाउँसभालाई भव्य बनाउन विदुर हुँमगाईको संयोजकत्वमा अनुगमन समिति, जीतबहादुर घिमिरेको संयोजकत्वमा सभा व्यवस्थापन मूल समिति तथा आर्थिक व्यवस्थापन समिति, टिका दाहालको संयोजकत्वमा जनपरिचालन उपसमिति, रामचन्द्र रेग्मीको संयोजकत्वमा साँस्कृतिक उपसमिति, विष्णु दंगालको संयाोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति र इन्द्रजीत देवकोटाको संयोजकत्वमा स्वयमसेवक उपसमिति गठन गरिएको छ । 

भेलामा परिक्षणकालिन ३९ जना पार्टी सदस्यहरुलाई पार्टी विधान अनुसार सपथ ग्रहण समेत गरिएको  थियो । भेलाको अध्यक्षता गाउँ कमिटीका अध्यक्ष टिका दाहालले गरेका हुन् ।

0 comments

Write Down Your Responses