Powered by Blogger.
अफिसर्स क्लब ३ गोलले अगाडी

हेटौंडा, १४ फाल्गुण । मकवानपुर उद्योग वाणिज्य संघको फागुण २१ गते हुने आसन्न स्वर्ण महोत्सव तथा ५० औं बार्षिक साधारण सभाको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत हेटौडा कमलडाँडामा मैत्रीपूर्ण फुटसल खेल सम्पन्न गरेको छ ।
 मकवानपुर अफिसर्स क्लब तथा उद्योग वाणिज्य संघका बीच भएको खेलमा ८ गोलका विरुद्ध ११ गोलका साथ अफिसर्स क्लब विजयी भएकोछ । संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षता तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न खेलका विजयी समूहलाई स्वर्ण महोत्सव मूल समारोहका संयोजक उत्तम शर्मा ढकालले स्वर्ण महोत्सव अंकित मायाको चिनो वितरण गर्नुभएको थियो । 
जिल्ला खेलकुदका अध्यक्ष तिमल्सिनाले रेफ्रि सुनिल घिमिरेलाई बल हस्तान्तरण गर्दै शुरु भएको आजको खेलमा सर्वाधिक गोलकर्तामा अफिसर्स क्लबतर्फ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेदप्रसाद गौतमले ७ र संघका तर्फबाट सन्तोष अर्यालले ३ गोल गरेका थिए । 
कार्यक्रममा मैत्री पूर्ण खेलले एकापसमा भाईचाराको विकासका साथै स्वास्थ्यका लागि समेत फाईदा हुने कुराको चर्चा गरिएको थियो । संघका महासचिव महेन्द्र राउतले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत संघले भोलि बुद्ध चौकमा रक्तदान कार्यक्रम गर्ने जनाएका छन् । 
आजको मैत्रीपूर्ण फुटसल खेललाई स्वर्ण महोत्सव खेल उपसमितिका संयोजक छतेन्द्र आचार्यले संयोजन गरेका थिए । कार्यक्रममा अफिसर्स क्लबका सदस्य तथा संघका पदाधिकारी तथा सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

0 comments

Write Down Your Responses