Powered by Blogger.
के भन्छन त सेवाग्राही ? स्थानीय निकाय आबद्ध मकवानपुरका कर्मचारीहरुको आन्दोलनप्रति



मकवानपुर,१ फाल्गुन  / विभिन्न माग राख्दै कर्मचारी आन्दोलनमा उत्रिएपछि मकवानपुर जिल्ला बिकास समिति र नगरपालिकाको सेवा ठप्प भएको छ ।  मकवानपुर जिल्लाका जिविस र उपमहानगरपालिका, नगरपालिकाका  सहित गाविसका कर्मचारी आन्दोलित वनेपछि कार्यालयका काम ठप्प भएको हो । ‘आइतबार आज पनि काम भएन् भोलि पनि हुने देखिन्न, घर जाउँ भने फेरि कति बेला कसरी आउने समस्या भइरहेको छ,’ सेवाग्राही विश्वनाथ रेग्मिले भने ।
त्यस्तै अर्का सेवाग्रही दिल्लीप्रसाद चौलागाई यसो भन्छन् ‘ छोरीको नागरिकता बनाउन लागि वडा सचिव खोज्दै नगरपालिका सम्म आको छु, नगरपालिकामा आउँदा समेत सचिवले फोन नउठादा समस्या भयो ’ हेटौडा ६ का मधुराम कार्कीले जनतालाई दुःख दिएर समस्याको समाधान नहुने भन्दै दुखसो पोख्नु भयो ।  अरु धेरै सेवाग्रही नगरपालिका तथा जिविसका कार्यालयमा गई काम नबने पश्चात निराशहुँदै फर्किन वाध्य भएका छन ।

आन्दोलनमा उत्रिएहरुले सोमवार भोलि देखि जिल्लामा स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला इन्जिनियर र नगरपालिकाका कार्यकारी अधिकृत लगायत निजामती कर्मचारीहरु र गाविस सचिवहरुलाई कार्यालय प्रवेशमै रोक लगाउने र कामकाज ठप्प पारेर अनिश्चितकालिन धर्नामा उत्रिने निर्णय भएको बिभिन्न ५ ओटा संगठनले विज्ञप्ति मार्फत जनाएका छन् ।
आन्दोलनमा उत्रिएकाहरुले भोलि सोमबार एलडिओ, महानगर, उपमहानगर र नगरपालिकाका कार्यकारी प्रमुखहरुलाई मन्त्रालय फिर्ता पठाउने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
स्थानीय ट्रेड युनियनको अगुवाईमा अब बन्ने स्थानीय तहका नयाँ संरचनहरुमा स्थानीय निकायमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने, स्थानीय तहका संरचनाहरुमा कर्मचारीको व्यस्थापन र समायोजन गर्दा हाल स्थानीय निकायमा कार्यरत कर्मचारीलाई पहिलो प्राथमिकतामा दिनुपर्ने, स्थानीय निकायको चिर्वाचन अविलम्भ गर्नु पर्ने लगायतका माग राख्दै कर्मचारीले स्थानीय निकायको काम काज ठप्प पारेका हुन ।  चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले माग पूरा नभए अनिश्चितकालिन वन्द गर्ने समेत चेतावानी दिएका छन  ।

0 comments

Write Down Your Responses