Powered by Blogger.
राष्ट्रियताको पाठ राष्ट्रपति ट्रमबाट सिक्दा कसो होला ?

शेखर अधिकारी 

देशको नीति तथा राज्यले आफ्नो देश सुहाँउदो सुरक्षा तथा  अन्य कार्यक्रमहरु अघि बढाउनुपर्छ । नेपाल–भारत बीचको खुल्ला सिमानाको कारण सुरक्षा, सार्वभौमिक अखण्डता आदि विषयमा दुई देशबीच मतभेद हुँदै आएको छ । भारतले नेपाललाई हेप्ने र सिमा मिच्ने गरेका कारण शासकको तहदेखि जनस्तरसम्म एक प्रकारको मनोवैज्ञानिक त्रास र प्रभाव परेको देखिन्छ । 

अमेरिकाका रास्ट्रपति ट्रम्मले आफुले चुनावको बेलामा रास्ट्रपति हुन पाए यस्ता विषयलाई ध्यान दिने बताएका थिए । अन्तत उनी रास्ट्रपति पनि भए । अब उनले बोलेका कुराहरु कार्यान्वयन  नगरि सुखै छैन किनकि अमेरिकीहरुले चुनावमा ट्रम्मलाई यसै मुद्दा र विषयमा साथ दिएका हुन् । 

ट्रम्पबाट नेपाली नेताहरुले सिक्नु पर्छ कि जनतासंग गरेको प्रतिबद्धता जस्तोसुकै अवस्थामा  पनि पूरा गर्न आफू अगाडी बढनु पर्दछ तथापि ती प्रतिबद्धताहरु सबै सफल नै हुन्छन भन्ने पनि होइन ।नेपालीको अहिलेको समस्याले नेपालमा पनि ट्रम्म  जस्ता राष्ट्रपतिको आवश्यकता परेको छ ।  ट्रम्पको योजना वा निर्णयलाई नेपालको सन्र्दभमा दुई पक्षवाट हेर्न र विश्लेषण गर्न सकिन्छ । 

पहिलो नेपाल–भारत बीचको सिमा स्तम्भ जो आज भन्दा दुई सय वर्ष पहिले निर्माण गरिएका थिए, ति स्तम्भहरु चोरिएको वा हराएको सन्दर्भमा स्थायी पर्खाल वा स्तम्भ निर्माण गरी दुई देश बीचको सिमानालाई व्यवस्थित गर्न नेपाल सरकार र नेपालका नेताहरुले अग्रसरता देखाउनु पर्दछ, किनकि नेपालको भूमि वर्षेनी भारतले अतिक्रमण गर्दै आएको छ । सिमाना व्यवस्थित गर्ने वा सिमानामा स्थायी संरचना निर्माण गर्ने कुरा विभिन्न क्षेत्रवाट उठि रहेको विषय हो ।

अमेरिकी राष्ट्रपति ट्रम्पको सिमानामा पर्खाल लगाउने निर्णय विश्व रंगमंचमा नयां होइन । जापानी साम्राज्यको सैनिक सुरक्षाको लागि चीनले निर्माण गरेको ग्रेटवाल , दोस्रो विश्वयुद्ध पछि पूर्वि जर्मनी र पश्चिम जर्मनीलाई विभाजन गर्न लगाइएको बर्लिनको पर्खाल र उत्तर कोरिया र दक्षिण कोरिया बीच लगाइएको पर्खाल वा स्तम्भहरु केही उदाहरणहरु हुन् जसले देशको राष्ट्रियता र सार्वभौमिक अखण्डता को रक्षाको सन्दर्भमा विशेष महत्व राख्दछन् ।

राम्रो कुरा को जहिले पनि अनुसरण गर्नु पर्दछ । हामी जतिबेला पनि नकारात्मक कुराको मात्र पछि लाग्यौं ।   जुन कुरा अहिले हाम्रो देश को लागि भाइरस भइरहेकै छ ।  

ट्रम्पवाट सिक्नु पर्ने दोस्रो महत्वपूर्ण कुरा चुनावी घोषणापत्रको महत्वपुर्ण पालना हो । नेपालका नेताहरुले चुनावी घोषणापत्रमा देशले धान्न नसक्ने वा पूरा हुन नसक्ने  काल्पनीक कुरा गरेर जनतासंग भोट माग्ने र चुनाव जिते पछि चुनावी घोषणापत्र अनुसार जनतासंग प्रतिवद्धता व्यक्त गरेका सामान्य भन्दा सामान्य कुरा पनि पूरा गर्न नसक्ने अवस्था छ । यो जनतासंग गरिएको झुटको खेती हो । अब सिधा जनतालाई झुट र भ्रमको खेति  वन्द गरिनु पर्दछ ।
राज्यको नेतृत्व लिन या समाजलाई नेतृत्व दिन राजनीति गरेको या राज्यको नीतिनिर्माण तहमा बसेकै हुनुपर्छ भन्ने पनि छैन । व्यक्तिको योजना छ र राज्यको समस्याहरु निराकरण गर्न सक्छ भने जो पनि राज्यको नेतृत्व लिन सक्छ । हामीहरुले पनि नेपाली राजनीतिमा यस्ता मानिसको खोजी गर्नुपर्छ ।

हुनत नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सफल व्यापारी हुन् । एउटा व्यापारीको मुख्य उद्देश्य धन कमाउने हुन्छ । १७ महिना अघि अप्रत्यासीत रुपमा अमेरिकी राजनीतिमा प्रवेश गरेका ट्रम्पका विषयमा धेरै क्षेत्रबाट टिका टिप्पणीहरु भए तर टिकाटिप्पणी र अनुमान अनुसार ट्रम्प प्रशासन अघि वढ्ने संकेत देखिएको छ । 

आप्रवासीप्रति कडा व्यवहार गर्ने  ट्रम्पले अमेरिकीलाई माया गर्नेलाई अमेरिका प्रवेशमा नरम नीति लिने र इस्लामीकप्रति भने कडा हुने अभिव्यक्ति दिएका छन् । र, आफ्नो राज्यको हितमा यस्ता निर्णय को आवश्यकता पनि पर्छ ।

अमेरिकी चुनावले दिएको अर्को महत्वपूर्ण सन्देश भनेको पेशेवर राजनीतिकर्मी मात्र सत्ता राजनीतिका लागि उपयूक्त व्यक्ति हुन सक्छन् भन्ने परम्परागत सोंचप्रति प्रश्नवाचक चिन्ह खडा गरेको छ । नयां सोंच, चिन्तनविना अवको राजनीति र राजनीतिकर्मीको भविश्य छैन भन्ने सन्देश पनि हो कुशल व्यापारी डोनाल्ड ट्रम्पको विजय । नेपालका नेताहरुले व्यापारी डोनाल्ड ट्रम्पवाट पाठ सिक्न जरुरी छ । ट्रम्मको कार्याकाल सफल होस सुभकामना । 
अहिले नेपाललाई बिभाजन गर्नुपर्छ भन्ने सिके राउतलाई  प्रहरीले समाउँदा खुशी हुने हामी नेपालीको भावनाको कदर गर्ने नेतृत्व चाहिएको छ  । साच्चिकै भन्ने हो भने दुई चार बर्ष क्रुर शासनको आवश्यकता छ । 

अहिले नेपालमा केपि ओलि को चर्चा धेरै छ र आसा पनि बढि नै छ । नेकपा  (एमाले ) र केपी ओलीले यो जनभावनालाई कहाँ सम्म पुर्याउनु सफल हुन्छन्, यो नेपालीको प्रतीक्षा को विषय बनेको छ र यो अभियान मा सम्पुर्ण नेपाली को साथ आवश्यक छ ।

(अधिकारी  त्रिभुवन विश्वविद्यालय, रत्नराज्यलक्ष्मी क्याम्पसबाट आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर हुन् ।)



0 comments

Write Down Your Responses