Powered by Blogger.
तेस्रो मनहरी महोत्सवमा हाँस्यकलाकार मनोज गजुरलेले धमाका मच्चाए

मनहरी–छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी झैँ बनेर लोकप्रिय हाँस्यकलाकार मनोज गजुरलेले तेस्रो मनहरी महोत्सवमा धमाका मच्चाएका छन् ।
महोत्सवको शनिबारको प्रस्तुतिमा निम्ता गरिएका नक्कली मोदीलाई हेर्न दर्शकको ठूलो भीड लागेको थियो । भीड थाम्न आयोजकलाई हम्मे हम्मे नै परेको थियो । गजुरेलले नेपालप्रति भारतले हेपेको बारे व्यंग्यात्मक प्रस्तुति दिएका थिए । अन्तमा उनले नेपालप्रति गरिएको व्यवहारप्रति माफी माग्दा दर्शकहरुले ताली बजाएका थिए ।
शनिबार अर्का गायक पशुपति शर्माले पनि नेपाली लोक तथा दोहोरी गीत गाएर दर्शकलाई मनोरन्जन दिए । उनले विभिन्न चर्चित गीतहरु गाएका थिए । उनले ‘मलाई अमेरिका यही, सिंगापुर नि यहीँ’ बोलको गीत निकै चर्चित रहेको छ । उनले गीत गाउँदा दर्शकहरु छमछम्ती नाचेका देखिन्थे । त्यसैगरी सहिमा श्रेष्ठले पनि लोक तथा आधुनिक गीतहरु प्रस्तुत गरेर दर्शकलाई मनोरन्जन दिएकी थिइन् ।
स्थानीय कलाकारहरु रामप्रसाद पौडेल, सीता कँडेल, प्रमिला आले, गोविन्द अधिकारीले प्रस्तुत गरेको दोहोरी गीतमा दर्शकहरु नाचेका थिए । त्यसैगरी सिर्जना कला केन्द्र र कलिउड कला केन्द्रका तर्फबाट नृत्यहरु प्रस्तुत भएको थियो
आइतबार गायक हेमन्त शर्मा र गायिका एबम् मोडल ज्योति मगर आउने भएका छन् । त्यसैगरी माघ २४ गते सुगम पोखरेल, माघ २५ गते शिव परियार र माघ २६ गते प्रमोद खरेल आउने निश्चित भएको आयोजकले जनाएको छ ।
महोत्सवमा हालसम्म ३ करोड ५० लाख रुपियाँ बराबरको कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवमा १० वटा भन्दा बढी ट्रेक्टर नै बिक्री भइसकेको जनाइएको छ । त्यसका अलावा अरु घरायसी सामानहरु, कृषि सामग्रीहरु बिक्री निकै बढेको आयोजक समितिका आर्थिक संयोजक नारायण सुवेदीले जानकारी दिएका छन् ।
माघ १४ गतदेखि सुरु हुने भनिएपछि हावाहुरीले असर पारेपछि माघ १६ गते मात्रै महोत्सव सुरु भएको हो । २ दिन ढिला गरी सुरु भएको महोत्सवको अबधि थप दुई दिन थपी माघ २६ गतेसम्म पु¥याइएको मूल आयोजक समितिका संयोजक एबम् मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गोविन्द रिजालले बताए ।

0 comments

Write Down Your Responses