Powered by Blogger.
चैतारीको कार्यदल गठन

मकवानपुर,२२ माघ / यहि फागुनको १७ गते हुने नेपाल पत्रकार महासंघको आसन्न अधिवेशनबारे रणनीति तयार गर्न तथा अन्य संघ संगठनहरुसँग वार्ताको लागि प्रेस चौतारी नेपाल मकवानपुरले कार्यदल गठन गरेको छ ।  शनिबार भएको प्रेस चौतारी नेपालको विशेष भेलाले जिल्ला अध्यक्ष प्रकाश दाहालको अध्यक्षतामा ६ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा जिल्ला उपाध्यक्ष रामशरण दुलाल, सचिव दिपेन्द्र रोक्का, पुर्व उपाध्यक्ष हरी हुमागाईं, पूर्ब सचिब धर्मेन्द्र दाहाल र पुर्व सहसचिव रेश्मी कार्की रहेको कार्यदल निर्माण गरेको हो ।
 । कार्यदलले महासंघको आगामी अधिवेशनमा प्रेस चौतारीलाई नेतृत्वदायी भूमिकामा लैजाने रणनिति र सर्बसम्मत नेतृत्वको लागि आवश्यक समन्वयकारी भूमिका खेल्ने बताइएको छ । भेलामा सहभागीले महासंघको गतिविधिबारे समिक्षा गर्दै चौतारीको भूमिकालाई महासंघमा अझ सशक्त बनाउन सबै सरोकारवालाहरुसँग समन्वय गर्ने र अधिवेशनमा सहकार्यका लागि छलफल अघि बढाउने निर्णय गरेको छ ।
जिल्ला अध्यक्ष दाहालको अध्यक्षतामा भएको कार्यक्रममा प्रचार विभिग प्रमुख एकालाल श्रेष्ठ, चौतारी इन्चार्ज आरती पाठक, प्रेस चौतारी केन्द्रीय सदस्य राजन दाहाल, ३ नम्बर प्रदेश सदस्य शिवकुमार काशी लगाएत चौतारीमा आबद्ध पत्रकारको उपस्थिती थियो ।

0 comments

Write Down Your Responses