Powered by Blogger.
वालविवाह रोक्न फाखेल गाउँ बाल संरक्षण समिति सकृय

फाखेल,२५ माघ / मकवानपुरको फाखेल गाउँ बिकास समितिमा कृयाशील गाउँ बाल संरक्षण समिति बालबिबाह रोक्न सकृय भएको छ । समितिले स्थानीय विभिन्न संघ संस्थाहरु र प्रहरी चौकी फाखेलसंगको सहकार्यमा बाल बिबाह रोक्न अभियान नै चलाउन थालेको छ।
 फाखेलमा बालबिबाह बढ्न थाले पछि न्यूनीकरणका लागि सो समितिले अभियान चलाउन थालेको हो । गाउँ बाल संरक्षण समिति फाखेलका अध्यक्ष जीवन लामा नेतृत्वको टोलीले सोमबार फाखेल ३ निवासी ९ १४ बर्ष कि नाम परिवर्तन० ममता पाख्रीनको हुनलागेको बालबिबाहलाई घरमै गएर दुलाह र दुलही दुबै पक्षलाइ सम्झाइ बुझाइ गरि रोकेको फाखेल प्रहरी चौकीका प्रहरी जवान श्यामकृष्ण श्रेष्ठले जानकारी दिए ।

बिगत एक बर्ष देखि प्रेम सम्बन्धमा रहेको हेटौंडा उपमहानगरपालिका ६ पदमपोखरी बस्ने २३ बर्षका बिजय थिङसंग बिबाह गर्ने अन्तिम तयारीमा पुगेको जानकारी पाए पछि लामा नेतृत्वको टोली केटीको घरमै गएर बिबाह रोक्न सफल भएको हो । बालबिबाह रोक्ने यो अभियानमा गाउँ बाल संरक्षण समिति संगै सकृय महिला बचत तथा ऋण सहकारी संस्था लि, ग्रामीण महिला सेवा केन्द्र हेटौंडा, इन्द्रसरोवर यूवा क्लब मार्खु,युवा महिला सञ्जाल फाखेल, प्रहरी चौकी फाखेल, गाउँ बिकास समिति फाखेल लगायतको सहभागीता रहेको छ । यस अघि पनि गाउँ बाल संरक्षण समिति फाखेलको टोलीले फाखेल १ मा हुनलागेको बाल बिबाह रोकेका थिए । बाल मैत्री गाउँ बिकास समितिको रूपमा घोषणा उन्मुख यो गाउँ बिकास समितिको लागि प्रमुख बाधकका रुपमा बालबिबाह निस्केपछि न्यूनीकरणका लागि अभियान चलाएको सकृय महिला बचत तथा ऋण सहकारी संस्थाका ब्यबस्थापक सबिना लामाले बताए ।
पुस्कल गोले सागर

0 comments

Write Down Your Responses