Powered by Blogger.
मनहरी महोत्सवमा परियारलाई आज पञ्चेबाजाले स्वागत गरिँदै

मनहरी–लोकप्रिय गायक सुगम पोखरेलसँग तेस्रो मनहरी महोत्सवमा उपस्थित दर्शकहरु दिनभर झुमेका छन् । पोखरेलले गाएका हरेक गीतमा आवाज दिँदै नाच्दै यहाँ उपस्थित युवा पुस्ताले साथ दिए ।
मनहरी ४ बेलुवास्थित मनहरी खोला किनारमा माघ १६ गतेदेखि सुरु भएको तेस्रो मनहरी महोत्सवको नवौँ दिनको प्रस्तुतिमा युवा तथा किशोर किशोरीका मानसपटलमा बसेका गायक पोखरेल आएका हुन् । उनले ‘हाम्रो स्कूल पाठशाला’, ‘यस्तो पाराले चल्दै चल्दैन’ ‘लौ झिल्केले झक्यायो’, लगायत आधादर्जन बढी गीतहरु गाउँदा पनि फुर्सद पाएनन् । दर्शक दीर्घाबाट ‘वा मोर’ भन्दै माग भएपछि उनले आफ्ना बाँकी रहेका ट्रयाकहरुमा समेत गीत गाए ।
उनको गीतमा अधिकाँश दर्शकहरुले स्वर मिलाएर साथ दिएका देखिन्थे । नाच्नेहरुको भीडलाई समेत सुरक्षाकर्मीले थेग्न हम्मे हम्मे पर्ने अबस्था थियो । पोखरेलसँगै अर्का गायक अन्जन दाहालले ‘नखोज एक मान्छे, जमात छ हेटौँडामा’ बोलका गीत गाएका थिए । त्यसैगरी गायिका मञ्जु गौतमको प्रस्तुतिले पनि उत्तिकै स्याबासी पाएका थियो ।
कार्यक्रममा गायकहरु राजु बिरही, स्थानीय गायक गमबहादुर चेपाङले मौलिक गीतसंगीत प्रस्तुत गरेका थिए भने आरजे क्र्युका तर्फबाट नृत्यहरु प्रस्तुत भएको थियो । त्यसैगरी युनिभर्सल लर्निङ एकेडेमी मनहरीले पनि आफ्ना दुईवटा नृत्य प्रस्तुत गरेका थिए भने चितवनका बिशाल चेपाङसहितको टोलीले नृत्य प्रस्तुत गरेको थियो ।
समग्रमा नवौ दिनको सांगीतिक कार्यक्रम अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको कलाकार सांस्कृतिक व्यवस्थपन उपसमिति संयोजक विष्णुराम कालाखेतीले बताए । आयोजक मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका अनुसार हालसम्म महोत्सवमा ४ करोडभन्दा बढीको कारोबार भइसकेको छ । महोत्सवमा अटो, कृषि, बाल उद्यान, तयारी पोशाक, खानेकुरा तथा अन्य दैनिक जीवनमा प्रयोग हुने सामग्रीहरुका २ सय वटा स्टल छन् ।
मंगलबार गायक शिव परियार आउने कार्यक्रम छ । उनलाई मध्य नेपालमै चर्चित सरिखेतस्थित भ¥याङकाली पञ्चेबाजा समूहले बाजा बजाएर महोत्सव स्थलमा स्वागत गर्ने कार्यक्रम तय भएको सांस्कृतिक कार्यक्रम उपसमिति संयोजक कालाखेतीले जानकारी दिए । माघ १४ गतदेखि सुरु हुने भनिएपछि हावाहुरीले असर पारेपछि माघ १६ गते मात्रै महोत्सव सुरु भएको हो । २ दिन ढिला गरी सुरु भएको महोत्सवको अबधि थप दुई दिन थपी माघ २६ गतेसम्म पु¥याइएको छ ।

0 comments

Write Down Your Responses