Powered by Blogger.
क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको कार्यदल गठन

मकवानपुर,२ फाल्गुन / नेपाल पत्रकार महासंघ मकवानपुरको आसन्न निर्वाचनलाई लक्षित गरेर विभिन्न पत्रकार संगठनहरु अहिले अन्र्तक्रिया र छलफलमा क्रियाशिल छन् ।  महासंघमा सम्पूर्ण क्रियाशिल पत्रकारको हकहितका निम्ति कार्य गर्ने सक्षम र सहि नेतृत्वलाई बिजयी गराउन यतिबेला सबै पत्रकार संगठन लागिपरेका हुन् । सोहि अनुरुप आज महासंघ मकवानपुरको आसन्न निर्वाचनका लागि क्रान्तिकारी पत्रकार संगठन मकवानपुरको ४ सदस्यीय कार्यदल गठन भएको छ । संगठनका केन्द्रिय सचिवालय सदस्य तिलक अधिकारीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको हो । आज हेटौडामा सम्पन्न  बैठकले यादब चौलागाई, रुपा गुरुङ, राज सापकोटा सदस्य रहेको कार्यदल गठन गरेको हो । संगठनका अध्यक्ष चौलागाईको अध्यक्षतामा बसेको    बैठकले पत्रकार महासंघ मकवानपुरले गरेको भवन निर्माण, सूचना केन्द्र निर्माण, पत्रकारिता तालिमहरुको उच्च प्रशंसा गरेको छ । बैठकले    महासंघको सदस्यता वितरणमा भएको त्रुटिप्रति भने गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । क्रियाशिल पत्रकारलाई सदस्यता वितरणमा महासंघले विभेद गरेको भन्दै कार्यदल संयोजक अधिकारीले ति गल्ति नदोहोरिन एवं श्रमजिवि पत्रकारको हकहितलाई उच्च प्राथमिकतामा राखी कार्य गर्ने     नेतृत्व अवको निर्वाचनबाट चुनिनुपर्ने बताउनुभयो ।

0 comments

Write Down Your Responses