Powered by Blogger.
कोमामा रहेको स्ववियु बचाउनुपर्छ

सञ्जय कार्की
विद्यार्थी शब्दको पर्यायार्थ विधा चाहने भन्ने हो । तापनि यसको प्रचलित अर्थले भने नियमित रुपले विद्या अध्ययनमा लाग्ने व्यक्ति भन्ने बुझाउँछ । त्यसरी नियमित रुपले विद्या अध्ययनमा संलग्न हँुदा ऊ कुनै शिक्षण संस्थामा भर्ना भएको हुन छ । 

अतः शिक्षण सँस्थामा अध्ययनरत व्यतिm नै विद्यार्थी हो । विद्यार्थी जीवन नवजीवनको स्वर्णिम बिहानी हो । आजका विद्यार्थी नै भोलिको राष्ट्रको रथ हाँक्ने सारथी हुन्  । र, आजका असल विधार्थीहरु नै भोलिका सफल नेता, अभिनेता, वैज्ञानिक, प्राध्यापक, कलाकार, पत्रकार र कर्मचारी हुन् ।

राजनिती भन्ने शब्दले राज्यको नीति भन्ने अर्थ बुझाउँछ । राज्यको नीति भनेको राज्यको शासन व्यवस्था सम्वन्धी नीति हो । अर्थात् राज्य सञ्चालन प्रणाली  हो । पढाई लेखाइमा संलग्न व्यतिm, विद्यार्थी र देशको राज्य सञ्चालनमा उपयोग हुने सिद्धान्त राजनीति भएकाले विद्यार्थी र राजनीति एकदम भिन्न बिषय हुन् । 

भिन्न विषय भएर पनि यी दुई बीच मितेरी साइनो गाँसिएको छ, लगनगाठो कसिएको छ, साँठगाँठ देखिएको छ र समिकरण भएको छ । 

शिक्षाको पर्यार्थ सिक्नु हो । तर यसको लक्ष्र्याथ उतm सिकेको कुरालाई स्मृति पटल भित्र निरन्तर रुपमा राखिरहनु पनि हो । 

शिक्षाको उद्देश्य चरित्र निर्माण गर्नु हो । शिक्षाले नै उन्नतीका चौतर्फी ढोकाहरु खोल्छ । त्यही शिक्षा आर्जनको शिलाशिलामा रहेका क्याम्पस र विश्व विद्यालयका विद्यार्थीहरुलाई अहिले स्ववीयु निर्वाचन लागेको  छ । विद्यार्थी सङ्गठन आन्दोलन हो । रुपान्तरणको स्वनदृष्य हो । राणशासनको अन्त्य र प्रजातन्त्रको प्राप्तिको लागी विद्यार्थी सङ्गठनले खेलेको भूमीका महत्वपुर्ण छ ।

 विद्यार्थी  सङ्गठन सामाजिक परिवर्तनको सम्वाहक हो । त्यही विधार्थी सङ्गठनहरु अहिले स्ववीयु निर्वाचनको तयारीमा जुटिरहेका छन् । त्रिभुवन विश्वविद्यालयले यही फागुन १४ गतेका लागि स्ववीयु निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।

स्ववियु विद्यार्थी आन्दोलनको उपलब्धी र सम्पति हो । लोकतन्त्रको आधार हो । बिगत आठ बर्ष देखी स्ववीयु निर्वाचन हुन सकेन । स्ववीयुलाई कोमामा पु¥याउने काम भयो, यो विद्यार्थी आन्दोलनको विडम्बना हो । हरेक दुई दुई बर्षमा हुनुपर्ने स्ववीयु निर्वाचन लामो समय देखी बन्धक भन्दा विद्यार्थी सङ्गठन माथी प्रश्न उठेको छ । विद्यार्थी आन्दोलनको उपलब्धी स्ववीयु आज जीवन मरणको दोसाधमा पुग्दा विद्यार्थी  सङ्गठन टुलटुल हेरेर बस्ने की बचाउमा लाग्ने ?

विद्याथी सङ्गठनले स्ववीयु बचाउनुपर्छ किनकी स्ववीयुको गरिमा   बचाउनुपर्छ । विद्यार्थीहरुको प्रतिनिधिमुलक साझा सँस्था कोमामा पुुग्दा विद्यार्थी सङ्गठन हेरेर बस्नुहुँदैन, पुर्नजीवनको लागि दिलो ज्यान दिएर लाग्नुपर्छ । विद्यार्थी आन्दोलनको पुनर्ताजकीकरणका लागि पनि स्ववीयु निर्वाचन अपरिहार्य छ ।

स्ववीयुको मिति घोषणा भएको दोस्रो दिन अनेरास्ववीयुले पत्रकार सम्मेलन गरी स्वागत ग¥यो । एकसाता पछि अखिल क्रान्तिकारीले स्वागत ग¥यो । नेपाल विद्यार्थी संघले केही दिन यता मात्रै उमेरको हदवन्दीको विषयमा मन अमिलो पार्दै विज्ञप्ती जारी गरी स्वागत गर्न भने भ्यायो । 

हाल घोषणा गरेको स्ववीयु निर्वाचनमा २८ वर्ष उमेर हद कायम गरिएको   छ  । यसको मतलब २८  वर्षे उमेर भित्र प्रत्येक विद्यार्थीले माष्टर्स गर्नुपर्छ भन्ने सन्देश पनि हो । स्ववीयु पदाधिकारी बन्नका लागि वर्षौवर्षसम्म क्याम्पस कुरीरहने काकाकाकी नेताहरुलाई गतिलो झापट पनि हो । अर्थात् जो नियमित विद्यार्थी हुन् तिनीहरु नै स्ववीयुमा प्रतिनिधित्व गर्न पाउन् भन्ने हो ।

अग्रज विद्यार्थी जो २८ वर्ष कटे त्यो विद्यार्थी नेताहरुले हाँसीहाँसी ‘आगो लागिरहेको घर बचाउन लाग्ने हो’ न की आगो लागेको घरमा कुन कोठामा बस्न पाइन्छ वा पाइँदैन भन्ने चिन्तामा लाग्ने होइन । 

२८ बर्ष भन्दा मुनिका विद्यार्थी आलोकाँचो हुन्छन्, केही जान्दैनन् भन्ने वकालत तर्क लाग्ने होइनन्, स्नातक गरेका विद्यार्थी शाखा अधिकृत हुने, इन्स्पेक्टर बन्न पाउने, मा.वि. शिक्षक हुने, देश चलाउन योग्य हुने, स्ववीयु चलाउन नसक्ने भन्ने हुँदैन । त्यसैले २८ वर्ष काटेका विद्यार्थी नेताले अविभावकको भूमिका निर्वाह गरेर स्ववीयु निर्वाचन गराउन पहल गर्नुपर्छ ।

विद्यार्थी आन्दोलन एजेन्डा विहिन बन्दै गएको भन्दै जताततै प्रहार भोगिरहेको अवस्थामा विद्यार्थी सङ्गठन जिम्मेवार हुनुपर्दछ । देशका प्रमुख विद्यार्थी सङ्गठनहरुले एकताका साथ शान्तिपूर्ण ढङ्गले स्ववीयु निर्वाचनमा जान राजी हुनुपर्छ । 

अब हामी सबैका आस्था र धरोहरका केन्द्र अनेरास्ववीयुकी अध्यक्ष नविना लामाले खुट्टा कमाउनु हुँदैन । नेविसंघका नैनसिँह महर अल्मलिनु हुँदैन । क्रान्तकारीका नरेन्द्र न्यौपाने डराउन हुँदैन । प्रमुख विद्यार्थी सङ्गठनका नेताहरु अल्मलिए स्ववीयुको अस्तित्व नै संकटमा पर्ने र विद्यार्थी आन्दोलन एवम् विद्यार्थी सङ्गठन प्रति नै प्रश्न खडा हुनेछ । 

त्यसैले विद्यार्थी हरुको आस्था केन्द्र स्ववियुको शाख र मर्यादा बचाउन पनि अब चुनावमा केन्द्रीत होऔं । आम विद्याथीहरुको नेता संगठन अनेरास्ववियुलाई अत्याधिक मत दिएर विजय गराऔं । 

(कार्की विगतमा अनेरास्ववियु मकवानपुरमा जिल्ला सचिवालय सदस्य तथा हाल त्रि.वि, किर्तिपुरमा अध्ययनरत  त्यहाँको स्ववियुका अनेरास्ववियुका तर्फबाट प्रवल दावेदार हुन् ।)





0 comments

Write Down Your Responses