Powered by Blogger.
पालुङ बचतका सञ्चालक उच्च अदालतबाट पनि दोषी ठहर


पालुङ, २५ माघ । पालुङ बचत तथा ऋण सहकारी सँस्था लिमिटेडको ठगी मुद्दा उच्च अदालत पाटन हेटौंडा इजलासबाट मंगलबार फैसला भएको छ ।

मकवानपुर जिल्ला अदालतबाट ११ जनालाई दोषी ठहराएकोमा उच्च अदालतले ७ जनालाई मात्रै दोषी ठहर गरेको छ । जसमध्ये सुरेन्द्र कार्की ,सरिता बस्नेत ,रामहरि बिष्ट र सिताराम बिष्टले सफाइ पाएका छन् भने जिल्ला अदालत मकवानपुरले सफाइ दिएकालाइ सुरू सदर गरेको छ । 

उच्च अदालतको फैसला अनुसार रामबहादुर बस्नेत ,हरि बस्नेत ,आइतिमाया बस्नेत ,सुरेन्द्र बस्नेत ,मनोहर बस्नेत ,तुलसा बस्नेत र मीनबहादुर बस्नेतलाई दोषी ठहर गरि जनही ५१ लाख ७६ हजार ९ रुपैंया ४२ पैसा भराइ सोही बराबरको रकम जरिवाना हुने ठहर्छ भनी फैसलामा उल्लेख गरिएको पिडितका तर्फबाट गठित संघर्ष समितिका संयोजक लक्ष्मण बर्तौलाले जानकारी दिए । 

0 comments

Write Down Your Responses