Powered by Blogger.
शिव परियारले नचाए

मनहरी,२५ ,माघ / तेस्रो मनहरी महोत्सवमा मंगलबार गायक शिव परियारले दर्शकलाई मनोरञ्जन दिएका छन् । मनहरी खोलाको किनारमा महोत्सव समापनको अघिल्लो दिन परियारले महोत्सव अवलोकनका लागि आएका दर्शकलाई नचाएनन् मात्रै, गाउन समेत बाध्य बनाए ।
परियारले गाएका ‘क्या दामी भो’, पिउँदिन भन्दाभन्दै पिलायो साथीले’, लगायत आधादर्जन गीतमा निरन्तर गीत गाएका थिए । उनले गीत गाउँदा नयाँ पुस्ताका तरुण तन्नेरीहरु स्वरमा स्वर मिसाएर नाचेका र गाएका देखिन्थे ।
त्यसैगरी मंगलबार अर्का गायक सुन्दर लामा, सीता कँडेल, गोविन्द अधिकारी, रविनकुमार चेपाङ लगायतले लोक तथा दोहोरी गीत गाएका थिए भने आस्था कला केन्द्र तथा आरजे डान्स एकेडेमीका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
तस्विर रुपक कालिराज

0 comments

Write Down Your Responses