Powered by Blogger.
पालुङ बहुमुखीमा अखिल क्रान्तिकारीले गोलेलाई अघि सा¥यो


पालुङ, २७ माघ ।  नेपाल कम्यूनिष्ट पार्टी(माओवादी केन्द्र) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)का तर्फबाट पालुङ बहुमुखी क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियनको सभापति पदमा  मुकेश गोलेले उम्मेद्वारी घोषणा गरेका छन् । उनको टिममा सचिवमा रिस्ता खत्री र कोषाध्यक्षमा आयूष वि.क.ले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।

गोलेले क्याम्पसकोे आर्थिक अवस्था सुधार्न क्याम्पस व्यवस्थापन समितिसँगै मिलेर सहकार्य गर्न, बिद्यार्थीहरुलाई सबै तहका सम्पूर्ण पाठ्पुस्तकहरु सहज रुपमा उपलब्ध गराउन, वाचनालयलाई ब्यवस्थित रुपमा सञ्चालन गराउन, इ–लाईबेरी सञ्चालनका लागि पहल गर्न आफु सभापतिको उम्मेद्वार भएका बताएका छन् ।

गत वर्षहरुमा जस्तै यस वर्ष पनि क्रान्तिकारीको विजय सुनिश्चित रहेको सभापतिका उम्मेद्रवार गोलेले बताए । गोलेले क्याम्पसको विकास तथा विद्यार्थीहरुको हक हित सुनिश्चित गर्नकालागि आफूलाई बिजयी गराउन सम्पूर्ण बिद्यार्थीहरुलाई अनुरोध गरेका छन् । 

गोले पालुङ बहुमुखी क्याम्पसमा वि.वि.एस. दोस्रो वर्षमा अध्ययनरत छन् भने सामुदायिक रेडियो आवाज एफ.एम.मा प्राविधिक प्रमुख हुन् । 

यस अघि पनि पालुङ बहुमुखी क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन निर्वाचनमा क्रान्तिकारीको प्यानल नै बिजयी भएको थियो ।



0 comments

Write Down Your Responses