Powered by Blogger.
मञ्जुश्री विद्यालय व्यवस्थापन समितिमा जीवन


मकवानपुर,२७ माघ । मकवानपुरको फाखेल गाउँ बिकास समिति वडा नं ५ स्थित श्री मञ्जु श्री जन आधारभुत बिद्यालयको बार्षिक अभिभावक भेला बिहिवार सम्पन्न भएको छ । 

सरस्वती बालबोधनी मार्खु स्रोत केन्द्रका स्रोत व्यक्ति ज्ञानेन्द्र दाहालको प्रमुख आतिथ्यता एवम निवर्तमान बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष अक्कलबहादुर बलको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । भेलाले जीवन लामा नेतृत्वको नौ सदस्यीय नयाँ ब्यवस्थापन समिति सर्वसम्मत गठन गरेको छ । 

नव गठित समितिमा अध्यक्ष  लामा सहित सदस्यहरू रमेश वाइबा, शुकमाया स्याङ्तान, राजकुमार थोकर, शान्तमाया लामा, संगिता लामा, भरत वाइबा र सदस्य सचिब मालिका शर्मा रहेका छन् । 

सिर्जना युवा क्लब फाखेल ५  ले विभिन्न समयमा देउसी भैलो र विविध सांस्कृतिक कार्यक्रम आयोजना गरि संकलित रकम र स्थानीय शिक्षा प्रेमी अगुवाहरु र युवा जमातको योगदानमा २०५० मा स्व मानबहादुर लामाले बिद्यालयको स्थापना गराएका थिए । 

सो समय देखि निरन्तर रुपमा बिद्यालय ब्यवस्थापन समिति सम्हाल्दै आएका मान बहादुर लामाको गत बर्ष निधन भएको थियो । कार्यक्रममा  महाचुनी उच्च माबि बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धनराज महर्जन र स्रोत ब्यक्ति ज्ञानेन्द्र दाहालले मन्तब्य राखेका थिए ।

कार्यक्रममा उत्तरी मकवानपुरमा कृयाशील सहयात्रा नाटक समुहले बाल बिबाह विरुद्ध सडक नाटक मञ्चन गरेका थिए । नव निर्वा्चित अध्यक्ष लामा गाउँ बाल संरक्षण समिति फाखेलका अध्यक्ष समेत हुन् ।

0 comments

Write Down Your Responses