Powered by Blogger.
सिस्नेरीमा लागूऔषध बरामद


मकवानपुर, २७ माघ । सिस्नेरी–२ डौंडारे चेक प्वाईन्टमा चेकजाँच गर्ने क्रममा सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.३७ प ३७६४ नम्बरको मोटरसाइकल चालक सिस्नेरी–९ बस्ने २१ वर्षीय संदीप थापा र मोटरसाइकलमा सवार रामेछाप मन्थली–२ दुरागाउँ बस्ने २४ वर्षीय ईन्दर सुनुवारलाई अवैध लागूऔषधसहित बिहिबार प्रहरीले पक्राउ गरेको छ ।

सुनुवारको झोलामा लुकाईछिपाई ल्याएको लागूऔषध नाइट्रोभेट ट्याबलेट २८ पिस, डाइजोल्याप २६ पिस, नोरफिन २७ पिस र फेनरागन २७ पिस चेकजाँचको क्रममा फेला परेपछि दुबैजनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 

0 comments

Write Down Your Responses