Powered by Blogger.
रोमियन अब मोडलिङ दुनियाँमा


काठमाडौं, २९ माघ । बेलायतलाई कर्मथलो बनाउदै आएकी नायिका रोमियन लिम्बु फागुन १२ बाट छायाँकन हुने एक नेपाली चलचित्रमा अनुबन्ध भएकी छिन् । 

जसका कारण  उनी आईतवार नेपाल आउँदै छिन् । गत साता बेलायतको विभिन्न स्थानमा जिन्दगीको प्राप्ति तिमि.......बोलको उनको  म्युजिक भिडियो छायाँकन भएको थियो । 

हिमाल सागरको स्वर रहेको उक्त गीतका संगीतकार अर्जुन पोख्रेल हुन् भने म्युजिक भिडियोका निर्देशन राजदिप राईले गरेका छन् । भिडियोमा नायिका लिम्बुका साथमा मोडल दिपक मगर पनि देखिने छन् ।

 नायिका रोमियनको कम्पनी व्रिटिश गोर्खा नेप्लिज काउन्सिलको प्रस्तुती गीति एल्बम प्रकृतिमा समावेश  ‘म कुन घुम्तिमा अल्झे.......’ बोलको म्युजिक भिडियो शुक्रबार हाईलाईट्स नेपालले युट्युव मार्फत सार्वजनिक गरेको छ । 

पूर्ण पाल्पालीको शव्द, प्रकृति थुलुङ्गको  स्वर रहेको उक्त म्युजिक भिडियोमा रोमियन र रितेसले मोडलिङग गरेका छन् ।


0 comments

Write Down Your Responses