Powered by Blogger.
कमला मावि भवनको शिक्षा मन्त्री पौडेलद्वारा शिल्यान्यास


मकवानपुर,२९ माघ ÷ मकवानपुरको डाडाँखर्क गाविस ९ छ्याङदुङमा रहेको कमला माविको १९ कोठे भुकम्पप्रतिरोधि भवनको शिल्यान्यास भएको छ । विद्यालयमा एक कार्यक्रमको आयोजना गरि शिक्षा मन्त्री धनीराम पौडेलले शिल्यान्यास गर्नु भएको हो ।
जापान अन्तराष्ट्रिय सहयोग नियोगको आर्थिक सहयोगमा निमार्ण हुने भवनको शिल्यान्यास गर्दै शिक्षा मन्त्री पौडेलले ग्रामिण क्षेत्रको विकासमा आफ्नो सहयोग हुने बताउदै निश्चित समयमा विद्यालय सम्पन्न गर्नको लागि आग्रह गर्नु भयो ।
गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि सबै शिक्षक सक्षम हुनुको साथै अभिभावक पनि उतिकै सचेत हुनु पर्नेमा जोड दिनुभयो ।  नेपालमा ६३ हजार शिक्षकको अभाव भइरहेको भन्दै त्यस अभावलाई परिपुर्ति गर्नको लागि कार्ययोजना बनाई अगाडि बढिरहेको बताउनु भयो ।
उहाँले भुकम्पले गर्दा ९ हजार ३ सय ५३ वटा विद्यालय क्षति भएकोले पठनपाठन गर्न समस्य रहेको भन्दै पूर्ननिमार्ण तर्फ लागिरहेको बताउनु भयो । त्यस विद्यालयलाई हरेक तवरबाट साथ सहयोग गर्नको लागि आफु सदैव तत्बर रहेको बताउनु भयो ।
यस्तै क्षेत्र नम्बर ४ का संसाद राजाराम स्याङतानले समुदायकै सक्रियतामा ठुला ठुला विकासका अभ्यासहरु सफल भएको भन्दै विद्यालय निर्माण सम्पन्न भएपछि त्यस आसपासका समुदायले गुणस्तरीय शिक्षा प्राप्त गर्ने बताउनुभयो । विकास निमार्णमा सबै पाटि एक भई अुधरा कामहरु पुरा गर्नुपर्नेमा जोड दिँदै विद्यालय निमार्णमा सक्दो सहयोग हुने बताउनु भयो ।
पुर्व सांसद कुमारी मोक्तानले निर्धारित समयभित्र गुणस्तरीय ढंगले सम्पन्न गर्न सके भविष्यको विकासका सम्भावनाहरु फराकिला बन्ने भन्दै सम्पुर्ण सरोकारवालाहरुलाई संवेदनशील भई सामुदायको विकासमा लाग्न आग्रहको साथै आफ्नो साथ सहयोग विद्यालयलाई हुने बताउनु भयो ।
त्यस्तै जिल्ला शिक्षा अधिकारी विरेन्द्र सिङ थापाले भूकम्प पछिको जिल्लाको अवस्थाबारे जानकारी गराउँदै पुननिर्माणका लागि समुदायको सक्रिय सहभागीताको प्रसंसा गर्नु भयो ।
कार्यक्रमका सभाध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षका मधु कुमार थापा ( विशेष )ले १९ कोठे भवन निमार्ण गर्नको लागि त्यति सहजता नभएको भन्दै सबैको साथ सहयोगको जरुरी रहेको बताउनु भयो ।
४ जना दरवन्दी, ५ जना निजि स्रोत र ३ जना निमावि शिक्षक रहेको सो विद्यालयमा ३ सय १८ जना विद्यार्थी अध्ययनत छन । ८ रोपनीमा ४ करोट ९ लाखमा  १९ कोठे भवन निमार्ण गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु कुमार थापाले बताउनु भयो ।
मकवानपुरको विगट रहेको मानिने त्यस विद्यालयमा तामाङ,मगर र अधिक चेपाङ वालवाललिकाले अध्ययन गरिरहेका स्थानिय निर्मल तिमल्सेनाले बताउनु भयो ।
वैशाख १२ को भुकम्पले विद्यालयका सम्पूर्ण भवन क्षतिग्रस्त भएको थियो  । क्षतिग्रस्त भए पश्चात टहरामा अध्ययन अध्यापन गराउदँै आएको विद्यालयले अबका दिनमा टहरामा अध्ययन अध्यापन गराउन नपर्ने भएको छ ।

0 comments

Write Down Your Responses